कमला घिमिरे र अलिफ खानको पहिलो भेटमै चल्यो क'डा दोहोरी (भिडियो)


अलिफ खान अहिले नाम मात्रै नभइ प्रतिबिम्ब नै बनिसकेको छ र उनलाई नचिन्ने सायदै कोहि छन् ।अहिले अलिफ खान र लोकप्रिय लोकदोहोरि सानि गायिका कमला घिमिरेबिच भेट भएसगै उनिहरु बिच क डै दोहोरि समेत चल्यो ।

कमला घिमिरेले आफ्नै भाइसग मिलेर गाएको र आफ्नै लगानिमा भिडियो समेत बनाएर युटुबमा हालेको तर सो गितनै युटुबबाट हटेपछि उनमै ठुलै ब ज्र पात परेको छ ।अलिफ खानले पनि दोहोरिमै कमलालाई फकाउने जमर्को गरे र सगसगै निकै मिठो दोहोरि गाए । गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् ।

मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफको स्वरको उच्चतम सम्मान गर्दै संगितकार एवम् डाइरेक्टर अर्जुन पोख्रेलले दुईवटा गितमा उनलाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रेणिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अलिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे ।कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफको कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्याउने निश्चित छ। अलिफको अपार सफलता पछि अब अलिफले स्टेज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैबच उनको पहिलो गित समेत रेकर्ड भैसकेको छ ।आमा र बुवालाई समर्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तयार गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाचगान गर्ने हैन भने तर उनले आफ्नो कला मा र्न सकेनन् ।

साचै नै कति नौलो छ मुस्लिम समुदायबाट आएका अलिफ जोसग गला त थियो तर स्टेज थिएन रहर त थियो तर धर्मले दिएन् आज त्यहि अलिफ स्वदेश एवम् बिदेशबाट समेत हेरिदैछ चिनिदैछ तसर्थ अलिफ एक प्रेरणाका स्रोत भएको कुरो कसैले नकार्न सक्दैन त्यति मात्रै हैन कला र गलालाई धर्मले रोक्न नसक्ने समेत उनले प्रस्ट्याएका छन् ।अलिफको उच्चतम यात्राको शुभकामना ।

हेर्नुस् उक्त भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post