मोबाइलमा स्क्रिन ग्लास गार्ड राख्दा रहनुहोस् सावधान, अन्यथा हुनसक्छ तपाईंमाथि धोका

काठमाडौं । प्रायः हरेकजसो प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षाका लागि स्क्रिनमा स्क्रिन गार्ड लगाइरहेका हुन्छन् । ता कि फोनको स्क्रिन सुरक्षित रहन सकोस् र त्यसमा कुनै किसिमको स्क्य्राच अथवा नोक्सानी नहोस् ।

तर अब यस्ता जानकारी समेत आउन थालेका छन् कि स्क्रिन गार्डको उपयोग गर्नु सुरक्षाको हिसाबले झन् खतरनाक सावित हुनसक्छ । यदि तपाईं कुनै थर्डपार्टी स्क्रिन प्रोटेक्टर उपयोग गर्दै हुनुहुन्छ भने त्यस किसिमको स्क्रिन गार्ड तपाईंका लागि जोखिमपूर्ण हुनसक्छ ।

हालै बाहिर आएका केही रिपोर्टमा दाबी गरिएको छ कि स्मार्टफोन डिस्प्लेको मुनी एम्बिएन्ट लाइट सेन्सर र प्रोक्सिमिटी सेन्सर गरी दुई ओटा सेन्सर लुकेर बसेका हुन्छन् । तर यी दुवै सेन्सर प्रयोगकर्ताले देख्न भने सक्दैनन् ।

जब प्रयोगकर्ताले फोनको स्क्रिनको लागि स्क्रिन गार्ड लगाउँछन्, तब सेन्सर ब्लक हुने अथवा छोपिने सम्भावना रहन्छ र मोबाइलको स्क्रिनले सही तवरमा प्रतिक्रिया दिन सक्दैन । यस्तोमा मोबाइलमा कल आउँदा समेत स्क्रिन बन्द रहिरहन सक्छ ।

यस बाहेक थर्ड पार्टी स्क्रिन प्रोटेक्टरको प्रयोगका कारण कयौं पटक इन डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरले समेत काम नगर्ने अवस्था आउँछ । यस्तोमा यदि तपाईं पनि आफ्नो मोबाइलमा स्क्रिन गार्ड लगाउन खोज्दै हुनुहुन्छ भने ब्रान्डेड र गुणस्तरीय प्रोटेक्टर नै रोज्ने गर्नुहोस् ।

सकेसम्म जुन कम्पनीको स्मार्टफोन हो, त्यसै ब्राण्डको स्क्रिन गार्ड लगाउँदा बढी सुरक्षित हुने गर्दछ । किन कि सम्बन्धित स्मार्टफोन कम्पनीले कुन स्थानमा कस्तो प्रकारको सेन्सर रहन्छ भन्ने जानकारी हुन्छ र त्यसमा स्क्रिन गार्डले असर नपारोस् भन्नेमा सावधानी अपनाइएको हुन्छ ।

हरेक स्मार्टफोनमा एम्बिएन्ट लाइट सेन्सर रहने गर्दछ । जसले फोनको उज्यालोलाई सूर्य तथा बत्तीको उज्यालो अनुसार स्वचालित रुपमा एडजस्ट गर्ने गर्दछ । यस बाहेक प्रोक्सिमिटी सेन्सरले फोन जब मोबाइल कानको नजिक हुन्छ, त्यतिखेर फोनको स्क्रिन अफ गरिदिन्छ । टेकपाना

Post a Comment

Previous Post Next Post