परम्परागत सामाजिक मान्यतालाडृ तोड्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अहिले दुई जना किशोरीले आफ्नी आमाको किरीया गरिरहेका छन् ।जिल्लाको सुनवल नगरपालिका – १३ स्थित सुर्यबस्तीका १६ वर्षीय अञ्जली र १४ वर्षीय अञ्जु सुनारले आफ्नी आमा स्वर्गीय तिलीसरा राना सुनारको किरीया गरिरहनुभएको छ ।
किरीया मात्र होईन् आमाको दागबत्ती पनि दुई छोरीले दिएका थिए । अञ्जली र अञ्जु सुनवलको महाकवि देवकोटा नमुना मा वि मा क्रमशः कक्षा दश र नौ मा अध्ययनरत छन् ।आमाले आफूहरुलाई छोराछोरी भनी कुनै विभेद नगरेको र आमाको त्यागलाई सम्मान गर्दे आफै किरीयामा बस्ने निर्णय गरेको जेठी छोरी अञ्जलीले बताउनुभयो