एक व्यक्तिको नि’धनले ४६ जनाले गरे एकै ठाउँमा यसरी क्रिया

उदयपुरमा दाङ्खाली बाले परिचित लालबहादुर विष्टकाे ९० वर्षको उमेरमा गत साउन ७ गते नि’धन भयाे ।समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ समेत रहेका विष्टकाे नि’धनले गाँउ नै शाेकमा परेकाे छ ।

गाविसबाट ४ पटक वडाध्यक्ष, पटक -पटक चण्डिबजार व्यवस्थापन समिति अध्यक्ष, थिदिन्खा गाउँ पञ्चायतका दुई कार्यकालका निर्वाचित भएका प्रधानपञ्चसमेत भएका विष्ट सामाजिक काममा सक्रिय थिए ।

७ श्रीमती, १९ छोरा, १२ छोरी, १७ बुहारी, ४७ नाति, ३२ नातिनी, १२ पनाति र १० पनातिनीका धनी दाङ्खाली बाकाे नि’धनले विष्ट परिवार पनि शाेकमा पर्याे ।

११ छोरा, १२ छोरी, १७ बुहारी, ६ आमाले शनिबार १० औं दिनको कर्म गरे । परदेशमा रहेका ८ छोराबाहेक छोरा/छोरी र बुहारी गरेर ४६ जना एकै ठाउँमा क्रिया कर्म गरेका थिए ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत दिवंगत विष्टको आत्मा शान्तिको कामनाका लागि विष्टकाे निवास पुगेका थिए ।

प्रदेश सभा सदस्यहरु, स्थानीय जनप्रतिनिधि लगायतले श्रद्धाञ्जली अर्पण गरे । मुख्यमन्त्री राईले असल अभिभावक गुमाएको बताए । पूर्वेलीन्यूजबाट

Post a Comment

Previous Post Next Post