शरीरमा कुनै चोट, कुनै पीडा वा मानिस भावुक बन्यो भने आशु आउँछ । रुनै पर्छ भन्ने छैन । आखाँमा अचानक आशु आउँछ । कतिपय अवस्थामा हावामा बस्दा, लगातार उज्यालो हेर्दा पनि आशु आउँछ । किन आशु आउँछ ?
आँशु आँखाको कोर्नियाको सुरक्षाकालागि शरीरमा बनेको विलक्षण सुरक्षा प्रणाली
हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ । पहिलो, आँखामा रहेको दुइवटा
ल्याकरुम ग्रन्थीबाट निस्कने आँशुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्दछ ।
यस्तै अर्को, आँशुमा रहेको लाइसोसाइम नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ ।
त्यही इनजाइमको कारण आँशुको स्वाद नूनिलो हुन्छ । आँशु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई कन्जकटाइभा भनिन्छ त्यसमाथि बग्दछ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।