आफ्नो डिभोर्सको बारेमा पहिलो पटक रुँदै बोलिन चर्चित टिकटकर स्मारिका ढकाल (भिडियो हेर्नुस्)


चर्चित टिकटक स्टार स्मारिका ढकालको डिर्भोष भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक भएपन उनका पूर्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका छन् । स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएनन् ।

आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मान गर्ने उनले बताए । सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप आएपछि उनले यस्तो आरोप नलगाउन उनले आग्रह गरेका छन् ।‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।

नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो ।मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।

सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं भन्दै विवकेले खुलस्त पारेका छन् । बाँकी भिडियोमा:

Post a Comment

Previous Post Next Post