विष्णु माझी बारे बोल्दा पुन्यलाई मार्ने धम्की काे हुन ती हेर्नुहोस् भिडियो


जबजब विष्णु माझीका गीतहरू हीट हुन्छन् तबतब उनको खोजी तथा चर्चा निकै नै हुने गर्दछ।विष्णु माझीले गाउन थालेको पनि निकै वर्ष भैसक्यो तर उनी कस्ती छिन्,कहाँ बस्छिन् ? आजसम्म कसैलाई पनि थाहा छैन।उनका श्रीमान सुन्दरमणी अधिकारीले विष्णुलाई दोश्रो विवाह गरि लगेको भन्ने चाहिँ धेरैलाई थाहा छ।

उनी पनि संगीत क्षेत्रकै भएका कारण विष्णु माझीलाई पनि उनले गीतमा सहयोग गर्दै आइरहेका छन्।यद्यपि सुन्दर मणि अधिकारीले विष्णु माझीलाई भरपुर प्रयोग गर्दै शोषण गरिरहेको आरोप आम श्रोता एवं शुभचिन्तकहरूले लगाइरहेका छन्।

उनले गाएका गीतहरू प्रत्येक वर्ष हीट हुन्छन् तर आफू भने कहिले पनि मिडियामा,सार्वजनिक रुपमा देखा पर्दिनन्।उनी दोहोरी तिर पनि आउँदिनन् र एकल गायनमा मात्रै गाउने गर्दछन्।जसको कारण उनको पारीवारिक अवस्था बाहिर आउँछ भनेर यस्तो गरिएको हो भनेर पनि धेरैले आरोप लगाएका छन् भने कतिपयले सुन्दरमणिको उनको रेट बढी बनाउनको लागि यस्तो प्रोपोगन्डा रचेको पनि भन्ने गरेका छन्।

पूण्य गौतमले एकपटक होटलमा बसेर कफी खाइ रहेका बेला उनै विष्णु माझीले आएर पूण्य दाइ तपाईंलाई भेटेर सारै खुसी लाग्यो,म तपाईका भिडियो हरू निकै हेर्छु भनेर भनेकी थिइन्।त्यसपछि उनी त्यहाँबाट हिँडिन्।त्यसपछि त्यहाँ रहेका होटलवा लाले यी त विष्णु माझी हुन् तपाईंसँग कुरा गर्ने भने पछि पूण्यले थाहा पाएका थिए।त्यतिबेला विष्णुले बुर्का जस्तो पहिरनले आफ्नो अनुहार ढाकेकी थिइन्।

पूण्य गौतमले मिडिया मार्फत विष्णु माझीका श्रीमान सुन्दरमणिलाई फोन गरेर विष्णु माझीको बारेमा सोधपुछ गरेका थिए।अहिले फेसबुक,युबट्युब,टिकटक जस्ता सामाजिक संजालभरी भाइरल बनिरहेको गीत चरी जेलैमा कतै विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत त होइन भन्दै जिज्ञासा समेत उनले राखेका थिए।त्यसपछि एकजना अज्ञात व्यक्तिले फोन गरि पूण्य गौतमलाई मा’र्नेसम्मको ध’म्की दिएको पूण्य गौतमले मिडियालाई जानकारी दिएका छन्।साथै उनले आफूसँग अगाडि आएर कुरा गर्न पनि चुनौती दिएका छन्।उनका अनुसार सुन्दर मणिले उनलाई ध’म्की दिन आरोप लगाएको दाबी गरेका छन्।

नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी।उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।

विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भएतापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्। धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिका टिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्।उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्याक्ट,पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्।

सुन्दर मणीले उनलाई दोश्रो विवाह गरेर उनको श्रम शोषण समेत गरि बन्धकमा राखेको भनेर कतिपय हल्लाहरू पनि आ रुपमा आइरहेका छन्।उनको खोजी गर्न भनेर बेलाबेलामा आवाज पनि नउठेका भने होइनन्।तर उनी कहाँ छिन्,कुन अवस्थामा छिन् भन्ने बारे अझैसम्म पनि अन्योल नै छ।प्रत्येक वर्ष बिशेषगरि तीजमा हीट गीत निकाल्ने गरेकी छिन्।

उनले गाएका गीतहरू धेरै जसो आम नेपालीहरूको मनमुटुमा बस्न सफल भएका छन्।तर उनको गीतमा एउटा मात्रै फोटो छ त्यो पनि निकै पूरानो फोटो।यसरी आफ्नो जिन्दगी नै लोकगीत गायनमा समर्पण गरेकी विष्णु माझी किन पर्दा पछाडि जस्तो छायामा छिन् त ? आज सबैले उनको खोजी गरिरहेका छन्।भर्खरै मात्रै पनि उनले गाएको तीज गीत चरी जेलैमा भन्ने गीत हप्ता दिनमा ६० लाखले हेरिसकेका छन्।(भिडियो हेर्नुहोस्)

Post a Comment

Previous Post Next Post