छिनछिनमा पिसाब लाग्ने समस्या छ ? हुनसक्छ यस्ता घातक रोगको संकेत

काठमाडौँ । कहिले काही पटक-पटक पिसाब लाग्छ। यसको एउटा मात्र कारण हुँदैन। सामान्यतः धेरै पानी वा तरल पदार्थ पिएको बेला पिसाब लाग्छ, जो स्वभाविक हो।

त्यस्तै कहिले मानसिक कारणले समेत पिसाब लागेको अनुभव हुन्छ। गर्भावस्थामा वा बुढ्यौलीमा पनि धेरै पटक पिसाब लाग्छ, जसलाई सामान्य मानिन्छ।

तर, सामान्य अवस्थामा पटक-पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ। के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्वस्थ्य वा अस्वस्थ्य छौ भन्ने कुराको निक्र्यौल गर्छ। हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक-पटक पिसाब लाग्न सक्छ।

दिनमा कति पटक पिसाब आउनु पर्छ ?

एक दिनमा कति पटक पिसाब फेरिन्छ ? त्यसले हाम्रो स्वस्थ्यबारे बताउँछ । सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म पिसाब लाग्नु सामान्य हो । औसात व्यक्तिको मुत्राशयमा जति पिसाब जम्मा हुन्छ, त्यसलाई तीनदेखि पाँच घण्टासम्म अवधी रोक्न सकिन्छ।

कुन अवस्थामा खतरानाक ?

यदि पिसाब गरेको समयमा जलन वा दुखाई महसुष हुन्छ भने यो चिन्ताको विषय हो। यदि सामान्य अवस्थामा पनि पटक–पटक पिसाब लाग्छ भने, त्यो समस्या हो। यसरी पटक-पटक पिसाब लाग्नु गंभिर समस्या पनि हुनसक्छ।

राती कति पटक पिसाब आउनु उचित ?

खासगरी रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गंभिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथोल्नेगरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ। राती एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो। यद्यपी पटक-पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ। यद्यपी बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो।

Post a Comment

Previous Post Next Post