भक्तपुरको यो सानो छाप्रोमा भेटिएका यी आमा छोराको कथाले मेरो मन धरधरि रुवायो । परिवारमा अत्याचार सहन नसकेर तीन बर्ष अगाडि यी सानो बाबुलाई च्यापेर घर छोडेर हिडेकि यी महिलाको दुखले जो कोहिको पनि मन रुन्छ नै ।
दाइजोमा केही नल्याएको निउ झिकि यिनिमाथि आफ्नै श्रिमानले बारम्बार कु टपिट गर्थे ।
तीन महिनाको बच्चालाई ढाडमा च्यापेर एकदमै कठिनका साथ उनले धेरै ठाउमा काम गरिन ।संघर्षका क्रममा उनलाई एकल महिला भाेर कति ठाउमा त उनलाई नराम्रो व्यावहार गर्न पनि खोजे ।उनले आफू पालिन र छोरालाई हुर्काउनका लागि अत्याधिक मेहनत गरेर काम गरिन ।
काम त उनले जसोतसो गरिन तर उनलाई जिउन सम्म पनि गाह्राे भयो ।अहिले उनी छोरोलाई च्यापेर काम खोज्दै खोज्दै काठमाडौं आइपुगेकि छिन् ।एकल महिलालाई समाजले कतिसम्म सोच्दो रहेछ र सबैलाई सहेर आफू ले आफ्नो छोरोको मुख हेरि अहिले सम्म बाचेको उनी बताउँछिन् ।
आफ्नो छोरोलाई आफुले हदैसम्मको दुख गरेर भएपनि राम्रो शिक्षा दीक्षा दिने र आफ्नो छोरोलाई देशका निमित्त केही गर्न प्रेरित गराउने र देशकै नाम राख्ने काम आफ्नो छोरोले गरेको आफुलाई हेर्न मन भएको उनी बताउँछिन् ।आर्थिक अवस्था एकदमै शुन्य बराबर भएको र आउने बाटो काहीँ कतै पनि केही नहुदा कयौ दिनहरु भोकभोकै बस्न समेत बाध्य भएको उनी बताउँछिन् ।
हेर्नुस् भिडियो सामाग्री