पैसा कमाउन सजिलो छैन । यो भाग्य र मेहनतले मात्र प्राप्त गर्न सकिन्छ । तर कतिपय अवस्थामा हाम्रा खराब बानीका कारण लक्ष्मीको कृपा प्राप्त नहुने र पैसा कमाउन नसकिने धार्मीक मान्यता छ । यसमा पैसा गन्ने बानी गलत हुदाँ पनि पैसा बचत नहुने मान्यता छ ।
पैसा कमाउन र बचत गर्न माता लक्ष्मीकी पूजाअर्चनाका साथै पैसासंग जोडिएको केहि कुराको पालना गर्नु पर्दछ । यसकालागि नोटको सम्मान गर्नुपर्ने धार्मीक मान्यता छ । नोट माथिको हाम्रा खराब बानीले आर्थिक हानी हुने र बचत नहुने धार्मीक मान्यता छ । के के हुन् ति खराब बानी ?
- कैयौं मानिस नोटलाई मोडेर पर्समा खाँदेर राख्दछन् । तर यो खराब बानीका कारण माता लक्ष्मी निराश हुने र आर्थिक हानी हुने धार्मीक मान्यता छ । तसर्थ नोटलाई सही तरीकाबाट राख्न सके मात्र अझ पैसा कमाउन सकिने र बचत हुने धार्मीक विश्वास छ ।
- केहि मानिस नोट गन्दा बारम्बार औलामा थुक लगाएर गन्ने गर्दछन् । तर पैसा गन्ने यो तरिकाले माता लक्ष्मीलाई रुष्ट गर्ने र घरमा दरिद्रता आउने धार्मीक विश्वास छ । यसरी थुक लगाएर पैसा गन्दा धनको अपमान हुने भएकाले पैसामा थुक लगाउन नहुने धार्मीक मान्यता छ ।
- पर्समा पैसा राख्दा कहिल्यै बिल, कारोबारको पर्चि, अनावश्यक कागज वा अन्य बिल वा सुची राख्नु हुदैँन । यसलाई वास्तुमा नकारात्मक मानिन्छ ।