पैसा नजोगिएर हैरान हुनुहुन्छ ? बचत गर्न यी उपाय अपनाउनुस्


/>


>भनिन्छ, पैसा सबथोक होइन । तर केही जरुर पनि हो । हरेक सपनालाई साकार तुल्याउन र
दैनिक जीवन निर्वाहका लागि पनि पैसाको आवश्यकता पर्छ ।
>



>प्रायजसो मानिसहरु पैसा जति भयो त्यति खर्च गर्ने प्रवृत्तिका पनि हुन्छन् ।
जसको आम्दानी भन्दा बढी खर्च गर्ने बानी हुन्छ । तर जति कमाइन्छ त्यसमध्ये थोरै
बचत गर्नुपर्छ । आफ्नो कमाइअनुसारको जीवनशैली बिताउन सकेमा सन्तुष्टि आफैं
मिल्छ ।
>



यसरी गर्नुस् बचत




  • >सामान किनमेल गर्न जानुअगाडि आफुलाइ आवश्यक रहेका कुराहरूको लिस्ट
    बनाउनुहोस् ।
    >


  • >बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद
    गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्रेबारे सोच्नुस्
    >

  • घरमा खुत्रुके राख्नुस् ।


  • >सामानको भाउ घटाएर किन्रुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नु्स्
    >


  • >दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुस् । >


  • >एक रूपियाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरू खुत्रुकेमा
    राख्ने गर्नुस् ।
    >


  • >कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुस् । यसले तपाइको पैसा पनि केही
    बच्छ भने पठन सँस्कृतिको पनि विकास हुन्छ।
    >


  • >बजारको हल्ला पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररी जानकारी लिएर मात्र
    खरिद गर्नुस् ।
    >


  • >आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुस् । >


  • >यदि तपाइ विधार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानीको स्रोत, खर्च,
    आर्थीक व्यवस्थापन आदिको बारेमा जानकार रहनुस् ।
    >


  • अनावश्यक सामानमा पैसा नफाल्नुस् ।


  • धुम्रपान र मधपान गर्न छोड्नुस् ।


  • >बाहिरको खाना र जँक फुड छोडेर घरको खाना खाने बानी गर्नुस् । >


Post a Comment

Previous Post Next Post