पसिना र यसबाट आउने दुर्गन्ध कसरी हटाउने ? यी उपाय अपनाउनुहोस्





हुनत पसिना आउनु प्राकृतिक प्रक्रिया हो । तर गर्मीयाममा देखिने आम समस्या हो,
पसिना र यसबाट आउने दुर्गन्ध । धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको
दुर्गन्ध खपी नसक्नु हुन्छ । त्यस्ता व्यक्तिको निकटता बडा कष्टदायक हुने गर्छ




गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने
व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना आफैंंमा गन्हाउने नभए पनि
छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ । दुर्गन्धबाट बच्न
शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो,
अम्ल र नुनसमेत बाहिर आउने गर्दछ ।



$ads={1}



पसिना निस्केर सुकेपछि छालामा युरिया र नुन जस्तो तत्व रहिरहन्छ । यही तत्वले
रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्दछ । साथै छालाबाट तुरुन्त
नहटेमा रोगको कारण पनि बन्न सक्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा
राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै दिनहुँ दुई पटक
नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिन्छ । पसिनाको समस्या भएकाले
नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर
नुहाउनु लाभदायक हुन्छ ।



यस अलावा दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत
अन्य लुगाफाटो हरेक दिन बदल्नाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा,
काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । यस्तै
गर्मीयाममा सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ । एजेन्सी


Post a Comment

Previous Post Next Post