महिनावारीको बेला भुलेर पनि गर्नुहुँदैन यी ९ गल्ती : जानी राखौँ

एजेन्सी । महिनावारी महिलाहरुमा हुने एक नियमित र प्राकृतिक प्रक्रिया हो । छुइहुने, परसर्ने, नछुने हुने, महिनावारी हुने, पिरियड वा मिन्स हुने आदि नामले यो प्रक्रियालाई जानिन्छ । करिब १२/१३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ ।

पाठेघरमा हुने विकारलाई रगतको माध्यमबाट बाहिर निकाली पाठेघरलाई सधैँ सुरक्षित राख्ने प्राकृतिक प्रक्रिया नै महिनावारी हो । महिनावारी हुँदा महिलाको तल्लो पेट दुख्ने समस्या हुन्छ । यो दुखाई कसैलाई बढी र कसैलाई कम भने हुन्छ । यो अवस्थामा महिलाको स्वास्थ्य निक्कै कमजोर र संवेदनशील बन्ने गर्दछ । त्यसैले करिब ४ दिन चल्ने यो प्रक्रियामा महिलाहरुले आफूलाई निक्कै हेरचाह गर्नुपर्ने हुन्छ ।

महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो। शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।

कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ । तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ ।

महिनावारी भएको बेला के–के गर्नु हुँदैन ?

१. धेरै एक्सरसाइज नगर्ने

महिनावारी भएको बेला धेरै एक्सरसाइज गर्नु हुँदैन । कडा खालका एक्सरसाइजहरु जस्तैः जिम जाने, धेरै दौडिने, योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन । यसो गर्दा शरीरको ब्लड प्रेसर बढ्न जान्छ। जसबाट रक्तश्राव (ब्लिडिङ) बढ्न जान्छ । तर यो समयमा हल्का एक्सरसाइज भने गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

२. एउटै प्याड धेरै समय प्रयोग नगर्ने

महिनावारीको बेला आफूलाई सुरक्षित र सफा राख्नु जरुरी हुन्छ । त्यसका लागि प्याडको प्रयोग गर्छौँ जसले गर्दा शरीरका अन्य भाग, लुगा वा अन्य बस्ने ठाउँमा रगत नलागोस् । तर हाम्रो बानी के छ भने बिहान प्याड लगाएर निस्किएपछि एकै पटक बेलुका घर पुगेर मात्रै चेन्ज गर्ने ।यो खराब बानी भएको चिकित्सकहरुले बताएका छन् । कम्तिमा पनि ३ वा ४ घण्टामा प्याड परिवर्तन गर्नै पर्ने हुन्छ । यसो नगर्दा व्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ । साथै सोही अवधिमा सफा पानी वा साबुन पानीले योनीलाई नियमित सफा पनि गरिरहनु पर्दछ।

३. व्रत नबस्ने

महिनावारीको बेला रक्तश्रावका कारण त्यसै पनि शरीर कमजोर भइरहेको हुन्छ । शरीरले आवश्यक मात्रामा भिटामिन र मिनरल्सको माग गरिरहेको हुन्छ । यही बेलामा व्रत वा उपवास बस्ने हो भने शरीरलाई गम्भीर असर पर्दछ । त्यसैले यो अवधिमा कहिले पनि भोको पेट बस्ने वा व्रत लिने गर्नु हुँदैन ।

४. राती लामो समय नबस्ने

यो अवधिमा शरीरले धेरै भन्दा धेरै आराम खोजेको हुन्छ । त्यसैले पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नु पर्छ । राती धेरै बेर बस्ने, बिहान चाँडै उठ्ने गर्दा शरीरले आराम पाउँदैन र विभिन्न किसिमका समस्याहरु देखापर्दछन् जस्तै, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुखाई बढ्ने आदि । त्यसैले यो अवधिमा पर्याप्त मात्रामा शरीरलाई आराम दिनु जरुरी छ ।

५. ज्यादा काम नगर्ने

यो अवधिमा शरीर कमजोर बन्ने गर्दछ । त्यसैबेला धेरै तनाव लिने, लामो समयसम्म काम गर्ने वा धेरै कठिन काम गर्ने गर्दा शरीरलाई गम्भीर असर पर्दछ । जसका कारण पेट बढी दुख्ने, कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।

६. केमिकल्सहरु प्रयोग नगर्ने

महिनावारीको बेला त्यसै पनि इन्फेक्सन बढ्ने खतरा रहन्छ । यो बेला अन्य कडा खालका केमिकल्सहरु प्रयोग गरेर योनी धुने वा दुखाईमा मालिस गर्ने गर्नु हुँदैन । जसले दुखाई र इन्फेक्सनको मात्रा झन बढाउँछ । त्यसैले यो बेला सफा पानी वा केमिकल्स रहित साधारण साबुनहरुको मात्रै प्रयोग गर्न सकिन्छ ।

७. फास्टफुड वा जङ्कफुड नखाने

यो बेला शरीरलाई अधिक मात्रामा भिटामिनको जरुरत पर्दछ । त्यसैले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाने गर्नु पर्दछ । सेन्डविच, पिज्जा, वर्गर, चिप्स, चाउचाउलगायतका फास्टफुड वा जङ्कफुड खायो भने शरीरले आवश्यक भिटामिन र मिनरल्स प्राप्त गर्न सक्दैन । जसका कारण शरीर कमजोर हुन्छ । यसबाट अन्य रोग लाग्ने खतरा पनि उत्तिकै रहन्छ ।

९. धेरै कफी 

नपिउनेमहिनावारीको अवधिमा शरीरलाई बढी मात्रामा पानीको जरुरत पर्दछ । यो अवधिमा कफी धेरै पिउनाले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । जसले गर्दा पेट दुखाईको मात्रा झन् बढ्न सक्छ । त्यसैले यो बेला कफी पिउनु हुँदैन।यसका साथै महिनावारीको अवधिमा बढी भन्दा बढी पानी पिउने, ताजा र भिटामिन युक्त खाना खाने, नियमित सफा सुग्घर रहने, दुखाइ कम गर्ने औषधि भरसक नखाने, धेरै तनावका काम नगर्ने वा तनाव नलिने गर्नु पर्दछ।

१०. यौन सम्पर्क नगर्ने

महिनावारी भएको बेला यौन सम्पर्क गर्नु हुँदैन। महिलाको योनीबाट विकारयुक्त रगत बाहिर निस्किरहने भएकोले यो समयमा यौन सम्पर्क गर्नु हुँदैन । यसले इन्फेक्सनको खतरा हुन्छ भने अन्य रोग पनि लाग्ने प्रवल सम्भावना रहन्छ। साथै यो समयमा यौनसम्पर्क गर्दा पेटको दुखाई पनि बढ्न सक्छ।

Post a Comment

Previous Post Next Post