सचिन परियारकी आमाको पहिलो तिज गीत “पापीको सिन्दुर” सार्वजनिक ( भिडियो सहित)

सचिन परियारकी आमाको पहिलो तिज गीत “पापीको सिन्दुर” सार्वजनिक ( भिडियो सहित१७ श्रावण २०७८, आईतवार २१:००आफ्नो माईतीको आगन होस या आफ्नो घरको आगन महिलाहरु सबै दुख भुलाएर रातो सारी

 पहिरिएर सुख–दुःखका भाका गाउँदै साथीहरू सङ्ग छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष भरि भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ ।

तिजमा भाइ लिन नआएको , घरको समस्याले गर्दा माईत जान नपाएको , पुरुष प्रदान समाजमा महिलालाई दमन गरेर तिजको बेलामा साथीहरू सङ्ग सुख दुख पोख्दै नाचन नपाएको , आमाले तिजमा छोरी आउछे के भनेर बाटो कुरेर बसेको हो यस्तै हुन्छ चेलीको ब्यथा । चेलीको एउटा यस्तै व्यथा बि एम पि परिवारले बजारमा लिएको छ ” पापीको सिन्दुर” पछिल्लो समयका निकै चर्चित व्यस्त बाल कलाकार सचिन परियारको आमा सरिता परिवारको स्वरमा सजिएको चेलीको व्यथा बोकेको गित” पापिको सिन्दुर बजारमा आएको छ

गायिका सरिता परियार ,शब्द सन्चारकार्मी प्रदीप बोहोरा , लय कुशल बेलबासे ,गित एरेन्ज तारानाथ आचार्य ,गितमा अभिनय गर्ने कलाकार हुनुहुन्छ अर्जुन थापा ,गोरिसा नेपाली , सरिता परिवार त्यस्तै बालकलाकारमा सरिना केसि , रितिक किसान भने गितमा निर्देशन प्रदीप बोहोराको रहेको छ ,

छायांकन ,सम्पादन भने कमल एलेक्स” (मिजार)को रहेको छ । क्यामरा सहयोगमा शङकर शर्माको शृगाए सरस्वती बोहोराको रहेको छ । गितमा समाज भएका बिकृतको बारेमा प्रष्ट पारिएको छ । गित BMP tv को युटुब च्यानल मार्फत बजारमा आएको छ ।


Post a Comment

Previous Post Next Post