मेलम्चीमा फेरीआयो बाढी ले 'रेडियो मेलम्ची'को भवन बगायो, अन्य जोखिममा

काठमाण्डाै - मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।

राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो 


गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो।’ – सुवेदीले भन्नुभयो यस्तै, बाढीले मेलम्ची जोड्ने चुनौटेमाथिको रातो पुल पनि जोखिममा परेको छ ।

अहिले पुलमाथिबाट खोला बगिरहेको छ । यो पुलले हेलम्बु गाउँपालिकाको नाकोटे, अम्बाथान, तिम्बु, कियुल, चनौटे बजार र मेलेम्ची नगरपालिकाको बजार क्षेत्रसमेत जोड्छ ।

Post a Comment

Previous Post Next Post