
काठमाडौँ : विमान आकाशमा उडिरेहको बेला चालकलाई एक्कासी ह्दयघात भएपछि आकस्मिक अवतरण गर्नुपरेको छ ।
विमान रुसको राजधानी मस्कोबाट बंगलादेशको राजधानी ढाका गइरहेको थियो ।भारतको नागपुरमा पुगेपछि पाइलटलाई ह्दयघात भएपछि कोपाइलटले तत्कालै कोलकातामा सम्पर्क गरेर जानकारी दिए ।
उनलाई अवतरण गर्ने अनुमति दिइयो । विमानमा १ सय २६ यात्रु सबै सकुशल रहेको एजेन्सीले जनाएको छ ।अवतरण पछि पाइलटलाई उपचारको लागि अस्पताल लगिएको छ ।
यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला