पाल्पामा आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना रहेको प्रहरीको भनाइ छ ।
पहिरोले नारायण दर्जीको एक तले कच्ची घर पुरिएको थियो । स्थानीयको अनुसार नैना सुतिरहेको अवस्थामा पहिरोले किचेर गम्भीर अवस्थामा थिइन् । त्यसपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।
यो पनि पढ्नुहोला , हेलम्बु राजमार्ग अवरुद्ध
लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गर्नुभयो । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ
यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नु होला ।