साँस गनाउने समस्या छ ? उसोभए तपाईलाई हुनसक्छ यस्तो रोगको संकेत

काठमाडौँ । सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ ।

गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ । हामी ठान्छौं, यो सामान्य समस्या हो । यद्यपी कतिपय अवस्थामा यो गंभिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा सास गन्हाउने समस्याबारे जान्न आवश्यक छ । विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ भन्छ ।दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ । हुन त दुर्गन्धित स्वास हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने तरिकाहरू पनि पक्कै थुप्रै छन् ।

मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ । त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह, स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ । मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ । जिगाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ ।

जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ । शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ। जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ। सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा व्याक्टेरिया जम्मा हुन थाल्छ । जसका कारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ ।

यस्ता समस्याबाट बच्नको लागि यी कुरामा ध्यान दिन जरुरी छ ।

यदी कसैलाई विहान बेलुकी राम्ररी ब्रस गर्दा पनि मुख गन्हाउने समस्या छ भनेमुखको भित्र, गिजा वरिपरि तथा गालातिर ठूलो घाउ छ भने मुखको राम्ररी सरसफाई गर्दा पनि मुख गन्हाउने समस्या भइरहन्छ भने मुखमा रातो, सेतो वा कालो घाउ छ भने दातलाई पाच भागमा बाडेर तल, माथि, दाया बाया तथा दातको टुप्पोमा राम्ररी सफा गरेर पनि फेरी डेन्टल चिकित्सकद्धारा दातको सफाइ गर्दा पनि मुख गन्हाउने समस्या कम नभएमा सबैभन्दा पहिले दात विशेषज्ञका जानु आवश्यक छ ।यदी दातको सम्पूर्ण चेकजाचका बाबजुद यदी कसैको मुख अन्य कारणले गन्हाउछ भने दात विशेषज्ञको सुझाव अनुसार फिजिसियनसितको परामर्श आवश्यक छ ।अन्यथा, मुख तथा शरीरका अन्य भागको जटिल समस्या समेत उत्पन्न हुन सक्छ । दात तथा मुखको राम्ररी हेरचाह गरेको खण्डमा मुखको मात्र नभई शरीरमा अन्यसमस्या समेत नआउने हुन्छ ।

तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन्सु

त्नुभन्दा अगाडि दाँत माझ्ने बानी बसाल्नुहोस् :दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, स्वास गनाउने समस्याको त समाधान हुन्छ त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख स्वास गनाउने समस्या कम हुँदै जान्छ।दिनमा एकचोटि जीब्रो सफा गर्नुहोस्: विहान उठ्दा स्वास गनाइराखेको छ भने तपाईँको जीब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जीब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस् ।

जीब्रो सफा गर्दा बढी बल प्रयोग गर्नुभयो भने, जीब्रोका टेस्ट बड हरूमा क्षति पुगि स्वादको पहिचान गर्न कठिनाइ हुन सक्छ ।नुन पानीले मुख कुल्ला गर्नुहोस् :अल्कोहलको मात्रा भएका मुख कुल्ला गर्ने तरल पदार्थहरूले मुखलाई झन् बढी सुक्खा गराउँदछ। त्यसैले मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ।

त्यसको लागि

१ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस्: र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। त्यसो गरेमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ।औषधी पसलमा अल्कोहल नमिसाइएको माउथवासहरू पनि पाइन्छन्, त्यसको प्रयोग गर्न पनि सक्नुहुन्छ । यसरी मुख कुल्ला गर्दा रातभरी मुखमा जम्मा भएर बसेका ब्याक्टेरियाहरू हट्छन् र स्वास गनाउने समस्यामा कमी हुँदै जान्छ।

Post a Comment

Previous Post Next Post