३१ वर्षिय कल्पना दाहालले काठमाडौँमा लुकि-छिपी गरिन् यस्तो काम, प्रहरीनै चकित


महानगरीय ट्राफिक प्र`हरी महाशाखाले नक्कली सवारी चालक अनु`मतिपत्र (स्मार्ट लाईसेन्स)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ललि`तपुर महानगरपालिका– २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका–६ घर भई हाल मूल|पानी बस्ने बर्ष ३१ की कल्पना दाहाल छन् ।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनु`मतिपत्रका नगदी रसिदहरू केही व्यक्ति`हरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रह`रीले उनीहरू`लाई कागेश्‍वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्रा`फिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टरा`ईले जानकारी दिए ।

तुलाधरले आफ्नै नाममा रहेको ०१–००–९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएका थिए । तुलाधर पक्रा`उ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाल`लाई मूलपानीबाट नियन्त्र`णमा लिएको हो ।

दाहालको साथबाट गिताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिदस`मेत बरा`मद गरेको छ ।

ट्राफिक प्रह`रीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवै`जनालाई थप अनुसन्धान एवं कानुनी कारबा`हीका लागी प्रहरी बृत्त सिंहदरवारमा बुझाएको ट्राफिक महा`शाखाले जनाएको छ । – ताजाखबर

Post a Comment

Previous Post Next Post