टिकटकमा चर्चित दम्पती जसको अभिनय कलाकारले समेत मन पराए (भिडियो सहित)

गोपाल कृति माझी बनेर खोला किनारमा आए। उनकी श्रीमती नमु न्यौपानेले नाचेर उनलाई साथ दिइन्। छोरीले भिडिओ खिचिन्। ‘माछीलाई खोलीको लेउ’ गीतमा यो दम्पतीले बनाएको टिकटक भिडिओ अहिले भाइरल छ।

 चार दिनअघि युट्युबमा सार्वजनिक हरिवंश आचार्य र मेलिना राईले गाएको यो गीतको भिडिओ जसरी ट्रेन्डिङमा छ, गोपाल र नमुको भिडिओ पनि सामाजिक सञ्जालमा निकै चर्चामा छ।मान्छेहरूले उनीहरूको अभिनयको प्रशंसा गर्दै भनेका छन्– कस्तो जिवन्त अभिनय!यो गीतको म्युजिक भिडिओमा अभिनय गर्ने मुख्य कलाकारहरू, हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी, पल शाह र गायिका मेलिना राईले पनि उनीहरूको भिडिओ मन पराएर सेयर गरेका छन्। ‘राम्रो’ भनेर तारिफ गरेका छन्।

टिकटक भिडिओमा रमाएका गोपाल र उनकी श्रीमती नमुले उक्त खुसी साट्दै टेलिफोनमार्फत सेतोपाटीसँग भने, ‘अहिले बल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामीलाई हाम्रो कामको सम्मान भएजस्तो महशुस भएको छ।’गोपाल लामो समयदेखि रंगमञ्चमा काम गरेका कलाकार हुन्। मोफसलमा सडक नाटकहरू गरिरहने उनले २०६४ सालमा काठमाडौंको गुरुकुलमा एक महिना र मण्डला नाटकघरमा एक हप्ता अभिनय तालिम लिएका थिए।

अँध्यारो उज्यालो’, ‘क्रमशः’, ‘अबोध क्रन्धन’, ‘पछुतो’ लगायत नाटकमा उनले काम गरे। २०७१ सालमा पछुतो नाटक गरेपछि भने घरायसी व्यस्तताले उनी रंगमञ्चबाट टाढिए।त्यही पनि नाटकको भोक मेटाउन उनी कार्यशालाहरू सञ्चालन गर्छन्। स्कुलका विद्यार्थीलाई नाटक सिकाउँछन्। ‘वर्णमालाः स्कुल अफ थिएटर’ मार्फत् उदयपुरका विद्यार्थीलाई नाटकको माध्यमबाट पढ्ने वातावरण राम्रो हुन्छ भन्दै जनचेतना फैलाइरहेका छन्। विद्यार्थीलाई तालिम दिएपछि काठमाडौंमा बाल नाटक देखाउन ल्याउँछन्। अब

हेर्नुहोस् भिडियो सामग्री

Post a Comment

Previous Post Next Post