आज २०७८ भदौ ११ गते शुक्रबारको राशिफल

आज २०७८ भदौ ११ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ ।

मेष

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

वृष

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन

आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

कर्कट

आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभ पनि होला ।

सिंह

कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

कन्या

विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट पनि लाभ हुनेछ ।

तुला

रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ ।

वृश्चिक

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु

श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मकर

आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भ

मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रा पनि रहला ।

मीन

बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजना पनि बन्न सक्छ ।

राशिफल जे जस्तो भएपनि मेहनत गर्नूहोस सफलता तपाईंको हातमा आउनेछ । तपाईंको दिन शुभ रहोस् ।

Post a Comment

Previous Post Next Post