गाउँलेहरुले यो किन बाँचेको होला भनिदिंदा असाध्ययै रुन मन लाग्छ, जस्तो भएपनि मेरो छोरा हो मलाई त अरुकोभन्दा यसैको धेरै माया लाग्छ, (भिडियोसहित)


बागलङ्गु । बागलङ्गको बडीगाढ गाउँपालिकामा एउटा यस्तो बालक छन् । जस्लाई देखेर कोही गाउँलेहरु भूत भन्दै तर्सिन्छ भने कोही यस्तो पनि किन बाँचेको होला भनेर श्राप छन् रे । सबैबाट हेला पाएर पनि बाँचिरहेका ती बालक हुन् रमेश परियार । उनी १५ वर्षका छन् ।

उनकी आमाको भनाई अनुसार उनी जन्मिएको १० दिनपछि उनको छालामा देखा परेको समस्याका कारण अहिले रमेशको पुर्ण रुपले कालो भईसकेका छन् ।

कालो छाला हुनु स्वभाविक नै हो । हाम्रो गाउँघरमा धेरै त्यस्ता कालो वर्ण गरेका मानिसहरु छन् । तर रमेशको छाला भने कालो मात्र नभएर उनी कुरुप पनि छन् । उनी शुरुमा झ्वाट्ट हेर्नेहरु साँच्चै तर्सन्छन् । भाई बहिनीहरुमा माईलो रमेश छाला रोगी हुनुका साथै अपांग पनि छन् । उनको शरीरै भरी घाउहरु छन् । जस्को कारण उनी सामान्य मानिस जसरी हिंड्डुल गर्न भने सक्दैनन् । उनी एउटा लौरोको साहारामा आफ्नै घरआँगनमा हिंड्छन् ।

रमेशको उपचारकोलागी उनलाई काठमाण्डौसम्म पनि ल्याईएको उनी आमा बताउँछिन् । तर काठमाण्डौमा चेक जाँच गरेका डाक्टरले छालाको समस्या बताएको र औषधी खुवाउँदा पनि निको नभएको रमेशको आमाको भनाई छ । आमा भन्छिन्,‘पैसा भए त डाक्टरले बोलाएको समयमा चेक गराउन लगिन्थ्यो होला पैसै नभएर काठमाण्डौ गईएको छैन ।’ रमेश त्यही रोगकै कारण बोल्न पनि सक्दैनन् । तर उनी आफ्नो शौचको काम भने जेनतेन आफै गर्दा रहेछन् ।

रमेशको यो रुप देखेर गाउँलेहरुले यस्तो पनि किन बाँचेको होला भन्दा मन दुख्ने गरेको कुरा उनकी आमा सुनाउँछिन्,‘गाउँलेहरुले यस्तो पनि किन बाँचेको भन्दा मन दुख्छ । दुखेर के गर्नु बोली फर्काउन सकिन्न । कसैले त यस्तो पनि के छोरा पाएको सम्म पनि भन्छन् । यस्को छेऊ पर्दनन् । यस्लाई देखे भने बाटो काटेर जान्छन् । त्यो बेला रुन मन लाग्छ ।’ 

उनी अगाडी भन्छिन्,‘मेरो ५ भाई छोराछोरी हुन् । तर मलाई त यसैको धेरै माया लाग्छ ।’ आफ्नो सन्तान जस्तो भएपनि जन्म दिने आमाको मायामा कहिल्यै घटी र बढी हुँदैन । रमेशको बारेमा धेरै कुरा उनले यसरी बताएकी छिन् । भिडियोसहित

Post a Comment

Previous Post Next Post