काठमाडौँ । तपाईले याद गर्नुभएकै होला जब हाम्रो शरीरमा राम्रो मात्रामा भोजन हुँदैन तब हाम्रो स्वास्थ्य बिग्रने गर्दछ । जसले गर्दा हामी अन्य कैयौँ बिमारीको चपेटामा फस्ने गर्दछौ ।
यस्तो अवस्थामा हामीले यो पत्ता नै लगाउन सक्दैनौँ कि आखिर हामिलाई के भइरहेको छ ? किन केही गलत चिज नखाँदा पनि बिमारी भएको जस्तो अनुभव गर्छौ ।
यदि तपाईलाई पनि यस्तै भइरहेको छ भने यो प्रश्नले तपाईलाई सताइरहेको होला कि आखिर हामीलाई भएको छ चाहिँ के ?आउनुहोस् जानौँ यसको कारण
साँचै नै भन्ने हो भने सर्वप्रथम त यस्तो समस्या हुनु भनेको सामान्य नै भइसकेको छ । हामी सहि तरिकाले सहि समयमा नै खाने गर्दछौँ तर हामी खाना खाएपछि केही यस्ता गल्तीहरु गर्दछौँ जसले हामीलाई कैयौँ लामो समयसम्म बिरामी बनाउँछ ।
आउँनुहोस् जानौँ खाना खाएपछि यी काम गरेमा हामीलाई लाग्नसक्छन् यस्ता रोग
यदिएसिडिटी वा छाती पोल्ने समस्या तपाईले खाना खाने बित्तिकै सुत्ने बानी बसाल्नुभएको छ भने पनि तपाईलाई एसिडिटीको समस्याले घेर्न सक्छ । भनिन्छ कि खाना खाएको केही समयमै सुत्नाले तपाईको पाचन प्रकिया केही ढिलो हुनजान्छ । तर यस्तो हुनु हुँदैन किनभने खाना खाने बित्तिकै हाम्रो शरीरले खाना पचाउन सुरु गरेको हुन्छ
खाना खाएपछि हाम्रो आँतले अम्ल बनाएकोे हुन्छ र यदि हामी खाना खाएपछि तुरुन्त सुत्यौँ भने एसिड हाम्रो पेटबाट निक्लेर फुडपाइप र हाम्रो फोक्सोमा जाने गर्दछ । जसको कारणले गर्दा तपाई छाती पोल्ने र ग्याष्ट्रिक भएको जस्तो समस्या महसुस गर्न सक्नुहुन्छ ।
खाना पचाउन मुस्किल हुन
यदि तपाई खाना खाएपछि तुरुन्त सुत्नुहुन्छ भने तपाईले खाएको खाना राम्रोसँग पच्ने गर्दैन । किनकी तपाई सुत्नाले तपाईको पुरै अंग सिथर हुने गर्दछ जसले गर्दा यो सामान्य क्रियामा काम गर्न बन्द हुने गर्दछ । यस्ूतो अवस्थामा सुत्नाले हाम्रो पाचन क्रिया बन्द हुने गर्दछ । जसले खाना राम्रो सँग पच्दैन ।
डाइबिटिजको बिमारी
खाना खानाले हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा तपाई खाना खाने बित्तिकै सुत्नुभयो भने सुगरलाई तपाईको शरीरले प्रयोग गर्न पाउँदैन जसले गर्दा शरीरमा सुगरको मात्रा बढी घुल्ने गर्दछ । यस्तो गर्नाले तपाईलाई डाइबिटिजको खतरा बढ्ने सम्भावना बढी हुने गर्दछ ।