धरानमा घाटी रेटिएको शव आफ्नै घरको खानेपानी ट्याङ्की भित्र कोचिएको अवस्थामा भेटियो

धरान । बैदेशिक रोजगारीका लागि इजरायल रहेकी श्रीमतिले आफ्ना पति धरानका बिनोद लिम्बूलाई फोन गरिन् । पटक पटक सम्पर्क गर्दासमेत उपलब्ध हुन नसकेपछि उनले छिमेकीलाई गुहारेर आफ्नो घरसम्म जान आग्रह गरिन् ।

फोन नउठेको गुनासो लिएर गएका छिमेकीले बिनोदको घरमा रगत लतपतिएको देखे । त्यसलगतै शंकास्पद अवस्था देखेर स्थानीयले प्रहरीलाई खबर गरे जहाँ घरधनी ४७ वर्षीय बिनोद लिम्बूको मृत शरिर खानेपानी ट्यांकीभित्र कोचेर बाहीरबाट बिर्को लगाइएको थियो ।

यो घटना सुनसरीको धरान-५ तल्लो देउरालीस्थित सुन्दरवस्तीको हो । अहिले बिनोदको शव प्रहरीले ट्यांकी काटेर बाहीर निकालेको छ । शवको प्रकृति हेर्दा घाँटीमा धारीलो बस्तुले रेटिएको देखिन्छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक लिम्बूको घाँटीमा एक इन्च काटिएको छ । हातभरी पनि काटीएका चोटहरु देखिएका छन् । दाहिने हातमा १३ ठाउँ र देब्रे हातमा ४ ठाउँ काटिएको छ

Post a Comment

Previous Post Next Post