आफ्नो र बहिनीको पढाई खर्च जुटाउन चटपटे बेच्दै १५ बर्षीय दिपक, एकचोटी अवश्य पढनुहोला

१५ बर्षीय दिपक । दैनिक उपल्लो तम्घासदेखि खानीगाँउ चौडाहासम्म चोक–चोकमा भेटिन्छन् । चटपट मात्रै हैन, बोली पनि मिठ्ठो छ । त्यसैले परैदेखे पनि सबैले चटपट बोए भनेर बोलाउँछन् । उनी चट पट बेचेरै आफु पालिएका छन् । भाईको पालन पोषण र पढाई उनकै काँधमा छ ।

दिउँसभरमा एक हजारदेखि १५ सयको चटपट बेच्छन् । दैनिक खर्च कटाएर सरदरमा पाँचदेखि सात सय आम्दानी हुने गरेको छ ।दिपक र अर्जुनको घर प्युठान गौमुखी गाउँपा लिका २ अर्खा हो । उनलाई मजदुरीकै क्रममा आमाले तम्घासमा जन्माइन ।

दिपक नौ बर्षको हुँदा आमाको मृत्यु भयो । बुबा मानसिक रोगी छन् । तीन बर्ष अघि दिपकले भाई अर्जुनलाई छिमेकीकोमा छोडर वुटवल झरे । विभिन्न होटलमा काम गरेर करिव ५० हजार कमाए । त्यो पैसा बोकेर गत बर्ष फागुनमा तम्घास आए । दुई महिना मुसिकोट होटलमा काम गरे ।

सोचे जस्तो भएन, त्यो पनि छोडेर भगवति मन्दिरमा कोठा भाडामा लिए । दुई भाईले चटपट व्यापार थाले ।आमासंगै बाल्यकालमै श्रमिक बनेका दिपकले पढ्न पाएनन् । गाउँकै स्कुलमा दुई कक्षासम्म पढे । उनी जेनतेन अक्षर चिनेपछि आमासंगै काम खोज्न हिडे ।

अहिले बल्ल उपल्लो तम्घास माविको कक्षा ३ मा भर्ना भए । भाईलाई कक्षा १ मा भर्ना गरे ।मेरो भन्दा भाईको पढाईको चिन्ता भएर भर्ना गरे’, उनले भने, ‘मैले पनि तीन पिरेड पढिरहेको छु ।उनले दिउँसो १२ देखि साँझ ७ बजेसम्म चटपट नबेचे गुजरा चल्दैन । त्यसैले पढाई छोडनुपर्ने बाध्यता दिपकलाई छ ।

दिपक दैनिक बिहान ५ बजे उठ्छन् । दिउँसो बेच्ने चटपटको सवै सामग्रीहरु ठिक्क पार्छन् । साढे नौ बजे स्कुल पुग्छन् । १२ बजे स्कुलबाट फर्किन्छन् । कोठा भाडा मासिक एक हजार हो । त्यो बाहेक बिद्युत, खानेपानी, ग्यास चामल र तरकारी गरेर मासिक पाँचदेखि सात हजार खर्च हुने दिपकले बताए ।

चटपटबाट मासिक १० देखि १२ हजार कमाई भएपनि खर्च कटाएर चार/पाँच हजार बचत गर्ने उनको भनाई छ ।जन्मदर्ता नभएका कारण बैंकमा खाता खोल्न समस्या भएको दिपकले गुनासो गरे ।म संग सीप छ, अव अरुकोमा काम गर्दिन, आफै पौरख गर्ने हो उनले भने, ‘मलाई अहिले जन्म दर्ता र पछि नागरिकता भए पुग्छ ।

दिपक र अर्जुन केहि दिन अघि उपल्लो तम्घास माविको बार्षिक उत्सवमा पुगे । बार्षिक उत्सवमा आफैसंगैका धेरै साथीले अविर लगाएर पुरस्कार पाए । त्यो देखेर अर्जुनलाई पनि पढ्ने रहर जाग्यो ।

धेरैले अविर र पुरस्कार पाएको देखेपछि भाइले पढ्ने रहर ग¥यो,’उनले भने,पढेपछि डान्सर बन्ने उसको सोख रहेको छ ।दिपकलाई समयमै पढ्न नपाएको प्रति पछुतो लागेको छ । उनले बिद्यालयमा भविष्य खोज्ने बेलामा आफ्नै उमेरका बिद्यार्थीहरुलाई चटपटे बेच्दा कहिलेकाहीँ दुख लाग्ने गरेको बताए ।

बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले उपल्लो तम्घासमा भर्खरै भर्ना भएका दुई दाजुभाई अनुशासनको नमुना भएको बताए । उनले उनीहरुको बोली, बानी व्यावहार र सरसफाईबाट आफुहरु प्रभावित भएको बताए । पन्थीले अहिले आफुहरुले नि:शुल्क भर्ना गरेर कापी कलम पोशाकको व्यावस्थापन गरिरहेको बताए ।

Post a Comment

Previous Post Next Post