राति सुत्दा मुखबाट अनायसै र्‍याल चुहिनु यी खतरनाक बिमारीको संकेत, तपाईको चुहिन्छ ?

काठमाडौँ । मुखको र्याल् भोजनको पाचन प्रणलीको लागी महत्वपूर्ण मानिन्छ । र्‍याल मा एमाइलेज नामक पाचक पाइन्छ जोसले भोजनम उपस्थित स्टार्चलाई सर्करामा बदलदिन्छ ।

हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ ।

आफूलाई मन परेको खानेकुरा देख्नासाथ हामीमध्ये धेरैको मुखबाट पानी निस्कने गर्छ । मिठो खानेकुरा वा अमिलो, पिरो खानेकुरा देख्दा मुखबाट पानी आउनु अनौठो कुरा पनि भएन ।

तर कतिपय मानिसहरुको मुखबाट अनायासै र्‍याल आउने गर्छ । चाहे त्यो सुत्दा होस् वा कुनै खानेकुरा देख्दा होस् । अझ बच्चाहरुको मुखबाट त अझै बेस्सरी र्‍याल निस्कने गर्छ । यस्तो विशेषगरी सुतेको समयमा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘ड्रोलिङ्ग’ पनि भनिन्छ । यो समस्या कुनै पनि उमेर समूहमा देखा पर्न सक्छ । र, यसकै कारण धेरैलाई समस्या पर्नसक्छ ।

यो आफैमा स्वास्थ्य सम्बन्धि समस्या हो, जसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ । यो स्थितिलाई मेडिकल भाषामा हाइपर सालिवेशन भन्ने गरिन्छ । धेरै जसो अवस्थामा यो समस्या अस्थाई हुने गर्छ । तर कतिपय अवस्थामा यो न्युरोलोजिकल डिसअर्डर हुनसक्दछ । जसका कारण मुखबाट निस्केको र्‍याल रोक्नमा व्यक्ति असमर्थ हुन्छ ।

यो समस्याले गम्भीर रोगको संकेत समेत गर्ने हुदाँ यदी कुनै व्यक्तिमा र्‍याल चुहिने समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

किन हुन्छ यस्तो ?

नाक बन्द भएमा
चिसोका कारण नाक बन्द भएमा पनि मुखबाट र्‍याल निस्कन सक्छ । विशेषगरी नाक बन्द भएमा नाकले सही तरीकाले सास लिन सक्दैन र मुखबाट सास लिनु परेको कारण सुत्दा खेर मुखबाट धेरै र्‍याल निस्कने गर्छ ।

सुत्ने पोजिसन नमिलेमा

सुत्ने पोजिसन नमिलेमा गलत तरीकाले सुतेमा पनि मुखबाट र्‍याल निस्कन सक्छ । विशेषगरी, घोप्टो परेर सुतेमा वा लामो समय एउटै पोजिसनमा सुतेमा पनि मुखबाट र्‍याल निस्कन सक्छ ।

औषधीको दुष्प्रभाव

केही औषधीहरुमा यस्ता तत्वहरु पाइन्छ, जसका कारण मुखबाट र्‍याल निस्कन सक्छ । अल्जाइमरको समस्या भएका व्यक्तिको मुखबाट समेत र्‍याल निस्कन सक्छ ।

स्लीप एप्निया

जब शरीरले रातको समयमा सही तरीकाले सास लिनमा असमर्थता जनाउँछ वा सुत्ने समयमा मानिस बढी तनावमा हुन्छ, त्यतिबेला उसले मुखबाट र्‍याल निकाल्ने गर्छ ।

मिठो तथा तातो खानेकुरा

मिठो तथा तातो खानेकुराका कारण पनि मुखबाट र्‍याल निस्कन सक्छ । कयौपटक धेरै गुलियो, अमिलो तथा तातो खानेकुरा खानाले पनि र्‍यालको ग्रन्थी ड्यामेज भई उक्त ग्रन्थीबाट धेरै पानी बग्न थाल्छ, र मुखबाट र्‍याल निस्कन थाल्छ ।

एलर्जीको समस्या

शरीरमा कुनै कुराको एलर्जी भएमा पनि र्‍याल निस्कन सक्छ । यदी कुनै मानिसलाई नाक वा मुख सम्बन्धि एलर्जी भएमा उसको मुखबाट धेरै र्‍याल निस्कने समस्या उत्पन्न हुने गर्छ । कसैलाई रुघाखोकी बढी भएमा पनि मुखबाट र्‍याल निस्कने समस्या उत्पन्न हुनसक्छ ।

एसिडिटी

अनुसन्धानकर्ताहरुका अनुसार एसिडिटीको समस्याका कारण पनि मुखबाट धेरै र्‍याल बग्ने गर्छ । खासगरी एसिड रिप्लेक्स एपिसोडका कार ण पेटमा एसिडिटी हुने गर्छ । जसका कारण अन्ननलीमा एसिडिटी भरिएर र्‍याल उत्पन्न हुने गर्छ । त्यसैले, एसिडिटीका कारण र्‍याल बग्न थालेमा तुरुन्तै उपचार गर्न जरुरी छ ।

र्‍याल ग्रन्थी सुन्निनु

र्‍याल ग्रन्थीमा कुनै किसिमको समस्या भएमा पनि र्‍याल ग्रन्थी खराब हुनसक्छ । जसका कारण उक्त ग्रन्थीमा अधिक र्‍याल जम्मा भई मुखमा पानी बग्ने गर्छ ।

मुखबाट र्‍याल निस्कन नदिने केही घरेलु उपाय

  • सुत्नु भन्दा पहिले एक गिलास पानी पिउने र केही टुक्रा कागती मुखमा राख्नाले पनि मुखबाट र्‍याल निस्कने समस्या कम हुनसक्छ ।
  • पिठ्युतिर फर्केर सुतेमा पनि र्‍याल आउन बन्द हुन्छ ।
  • चिसोका कारण नाक बन्द भएमा वाफ लिएमा यसले नाकबाट सास लिन सहायता प्रदान गर्छ । जसका कारण मुखबाट र्‍याल निस्कने समस्या स्वत कम हुनथाल्छ

Post a Comment

Previous Post Next Post