थाहा छैन मेरो जिन्दगीले मलाई कहासम्म पुर्याइरहेको छ,उमेरको हिसाबमा तीस बर्ष पुगे तर सुख भनेको के हो अहिलेसम्म पनि अनुभव गर्न पाइन ।इलाममै जन्मिए इलाममै हुर्किए तर आफ्नै आमा बुवाको अनुहारसम्म पनि देख्न पाइन ।
मेरो नाम चित्रबहादुर गुरुङ हो ,मैले सुखको अनुभुती कहिले पनि गर्न पाइन ।सानै उमेरदेखिनै अपाङ्ग भइयो ,बैसाखिको सहारामा पच्चिस बर्ष का टे तर अहिले भने म हिड्न पनि नसक्ने भए ।नत काम गरेरनै खान सक्छु नत आफ्नो वंश नै कहाँ छन् त्यो सुद्द पनि आफुलाई थाहा छैन् ।
आजसम्म अर्काको घरमा नै हुर्किएको छु नत कसैले सहयोग नै गरेका छन् नत कसैले साथ नै दिएका छन् ।शरिरका हरेक भागमा आठचोटि भन्दा धेरै अ प्रेसन भैसकेको छ ,ग र्दनमा स्टिल राखिएको छ तर पनि म मेरो जिन्दगीसग ह रेस नखाइकन ल डिरकेको छु ,बाचिरहेको छु र जिन्दगीलाई नजिकबाट नियालिरहेको छु ।आज तपाईहरुलाई म मेरो जिन्दगीकोकथा व्य था र सं घर्ष देखाउदैछु सबैले माया र सहयोग गरिदिनुहोला ।
हेर्नुस् भिडियो सामाग्री