पैसाको कुरामा श्रीमतीलाई ढाँट्छन् पुरुष, यसरी पत्ता लाग्न सक्छ

वैवाहिक जीवनमा सबै कुरा जीवनसाथीलाई बताउनु जरुरी नहुनसक्छ तर कुनै कुनै कुरा जीवनसाथीलाई ढाँट्दा सम्बन्ध बिग्रन सक्छ । विशेष गरी आर्थिक विषयसँग सम्बन्धित कुरा श्रीमतीलाई ढाँट्दा अविश्वासको स्थिति पैदा हुनसक्छ । महिला-पुरुष दुवैले यस्तो गर्ने भए पनि पुरुषहरू श्रीमतीका अगाडि आफ्नो आम्दानीका विषयमा सबै कुरा खुलस्त बताउँदैनन् । खर्चका विषयमा श्रीमतीसँग के के कुरा लुकाउँछन् त पुरुष ? हेरौँ,

आम्दानी: श्यामकृष्ण श्रीमतीलाई आफ्नो तलब आफूले पाउनेभन्दा कम मात्र बताउँछन् । उनी मासिक ६० हजार रुपैयाँ कमाउँछन् तर श्रीमतीसँग आप\m नो कमाइ मासिक ४५ हजारजति हुने बताउँछन् । यति रकमले महिनावारी खर्च चलाएर केही रकम वचत होस् भन्ने उनको चाहना छ ।

आफ्नो वास्तविक तलब थाहा पाएपछि श्रीमतीले व्यक्तिगत प्रयोगका लागि कुनै महंगो सामानको माग गर्ने हो कि भनेर डराउँछन् श्यामकृष्ण । उनको श्रीमतीमा आफूलाई अरूसँग दाँजेर देखावटी खर्च गर्ने बानी छ । त्यस्तै रीता पनि आफ्नो आम्दानीका विषयमा श्रीमान्सँग यसकारण झुटो बोल्छिन् कि आफ्नो कमाइ सुनेर श्रीमान्को अहम्मा चोट नपुगोस् ।

के गर्ने ? : हरिराज र रीताले आप\mना जीवनसाथीका विषयमा जे अनुमान गरेर उनीहरूलाई ढाँटेका छन् वास्तविकता त्यस्तो नहुन पनि सक्छ तसर्थ आफ्नो जीवनसाथीसँग खुलेर कुरा गर्नुपर्छ । यसो गर्दा आपसी विश्वास एवं सद्भाव वृद्धि हुन्छ । आफ्नो भविष्यको योजना यसकारण फाइदाजनक छ, आप\mना बालबच्चा तथा आफूहरूकै हितका लागि बचत रकम खर्च गर्ने हो भन्ने कुरा राम्रोसँग बुझाउन सके जीवनसाथीले पनि त्यसप्रति गुनासो गर्दैनन् ।

खर्च : सुजन आफ्नो खर्चको विषयमा श्रीमतीलाई कहिल्यै साँचो कुरा बताउँदैनन् किनभने उनलाई लाग्छ श्रीमतीले त्यसप्रति प्रश्न उठाउँछिन् वा त्यसलाई गलत ठहर्‍याउँछिन् । जब कि सुन्दरकी श्रीमती पल्लवीको गुनासो छ- सुजन साथीभाइका अगाडि बाहिर खर्च गर्न डराउँदैनन् तर घरखर्च दिन भने जहिल्यै कन्जुस्याइँ गर्छन् । आफू गृहिणी भएकाले घरखर्च चलाउनु र त्यसैबाट आफ्नो पर्सनल खर्च पनि गर्नुपर्दा सुजनले दिने पैसा महिना पूरा नहुँदै सकिन्छ । यसै विषयालई लिएर श्रीमान्-श्रीमतीबीच प्रायः ठाकठुक परिरहन्छ ।

के गर्ने ? : यस्तो अवस्था भए सबैभन्दा पहिले घरको बजेट बनाउनुपर्छ । जसमा श्रीमान्-श्रीमती दुवैको पर्सनल खर्च, सन्तानको फिस तथा अन्य खर्च, रासनपानी एवं अन्य भैपरी आउने खर्चका लागि आफ्नो हैसियतअनुसार निश्चित रकम छुट्याउनुपर्छ । यो नियमलाई कडा ढंगले पालन गरे घरझगडा हुन पाउँदैन ।

बचत तथा सम्पत्ति : गोपाल आफ्नी आमालाई असाध्यै सम्मान गर्छ । उसको आमा र श्रीमती उर्मिलाबीच त्यति राम्रो सम्बन्ध छैन । उसले आफ्नो बचत रकमबाट काठमाडौंमा एक रोपनी राम्रो जग्गा किन्यो तर श्रीमतीलाई सुँइकोसम्म दिएन ।

बिमा तथा बैंकमा रहेको बचत रकममा समेत उसले आमा तथा भाइबहिनीलाई हकवाला राख्यो । अचानक एकदिन दुर्घटनामा उसको मृत्यु भयो, श्रीमतीलाई उसको सम्पत्तिका बारेमा सबै जानकारी थिएन । घरका कसैले पनि उसलाई राम्रो व्यवहार नगरेपछि र थोरै मात्र सम्पत्ति दिएर छुट्याइदिएपछि उर्मिला अभावको जीवन गुजारिरहेकी छिन् ।

के गर्ने ? : कतिपय श्रीमान्-श्रीमतीहरू एकअर्कालाई आफ्नो सम्पत्तिको पूर्ण जानकारी दिन आवश्यक ठान्दैनन् वा चाहँदैनन् । कतिपय अवस्थामा श्रीमतीलाई यसप्रति चासो पनि हुँदैन, त्यसैले उनलाई बताइँदैन । यस्तो गर्नु जीवनसाथीप्रति धोका हो । सम्बन्धको हरेक पाटो सदैव पारदर्शी हुनुपर्छ, कुनै सम्पत्ति खरिद गर्दा, लगानी गर्दा वा बैंक अकाउन्ट खोल्दा वा बिमा गर्दा श्रीमतीलाई नै हकवाला बनाउनु राम्रो हुन्छ । अन्यथा आफूलाई केही भइहाले श्रीमतीले दुःख पाउन सक्छिन् ।

ऋण : सबैभन्दा बढी झुटो ऋणकै विषयमा बोलिन्छ । खर्च गरिने रकम तथा ऋणका एकअर्कालाई जानकारी नहुँदा समस्या हुनसक्छ । श्रीमतीको कमाइ छैन र केही गरी श्रीमान् तलमाथि भए श्रीमतीले असाध्यै दुःख पाउँछिन् । परिवारमा आर्थिक संकट पर्छ ।

के गर्ने ? : क्रेडिट कार्डबाट लापरवाहीपूर्ण तरिकाले खर्च गर्दा वा ऋण लिनुअघि जीवनसाथीलाई जानकारी नदिनु खतरा हुनसक्छ । साथै आफ्नो हैसियतभन्दा बढी ऋण लिनुअघि निकै विचार पुर्‍याउनुपर्छ ।

श्रीमान्ले केही लुकाउँदै छन् भन्ने कुरा कसरी थाहा पाउने ?

आफ्नो जीवनसाथीको व्यवहारमा अचानक परिवर्तन भएको छ ? उनी अचानक चिडचिडे वा रिसाहा भएका छन् ? उनी तपाईंको खर्चलाई लिएर प्रश्न उठाउँछन् ? यस्तो हो भने सावधान हुनु आवश्यक छ । जब कुनै व्यक्ति केही गलत काम गर्छ वा केही कुरा लुकाउँदै छ भने उसले अरूमाथि प्रश्न उठाउँछ वा रिसाउँछ । -जीवनसाथीको व्यक्तिगत खर्च, क्रेडि कार्ड, फोनको बिल आदि अचानक बढेको छ भने ध्यान दिनु आवश्यक छ । 

हिजोआज धेरैले बैंक ट्रान्जेक्सन गर्छन् वा अनलाइन किनमेल गर्छन् । श्रीमान्ले श्रीमती आउनेबित्तिकै कम्प्युटर वा मोबाइल बन्द गर्छन्, त्यहाँ के गरिएको छ भन्ने देखाउन चाहँदैनन्, ट्रान्जेक्सन देखाउँदैनन् वा पासवर्ड दिँदैनन् भने कुनै कुरा लुकाउन खोज्दै छन् भन्ने बुझ्नुपर्छ । 

नेपालमा यो विषयमा अनुसन्धान भएको छैन । विदेशमा भएका रिसर्च यो विषयमा के भन्छन् त ? : -४२ प्रतिशत पुरुष आफ्नो आम्दानीको विषयमा झुटो बोल्छन् । -५६ प्रतिशत पुरुष श्रीमतीलाई जानकारी नदिई खर्च गर्छन् । – ३९ प्रतिशत महिला दाम्पत्य जीवनमा रकमका विषयमा बोलिने सानातिनो झुटलाई सामान्य मान्छन् । १६ प्रतिशत महिलाको विचारमा श्रीमान्ले सानातिना खर्च गर्नुसम्म त ठीकै छ तर ठूलो रकम खर्च हुँदा भने श्रीमतीलाई जानकारी दिनुपर्छ ।

Post a Comment

Previous Post Next Post