एक बर्षको प्रेमपछि बिहे तय, सिन्दुर हाल्नै लाग्दा बेहुलालाई बेहुलीको सारी मन परेन, त्यसपछि भएको बवालले यस्तो सम्म भयो?

बिहे हुनु र बिहे टुट्नुमा ठूलो कारण चाँहिदैन भन्ने उदाहरण देखिएको छ । यो घटना भारतको हो । त्यहाँ विवाहमा बेहुलीले लगाएको सारी मन नपरेको भन्दै एक बेहुला विवाह छाडेर फरार भएका छन् ।

बेहुलीको सारी बेहुलाका मातापितालाई मन परेको थिएन । सोही विषयमा विवाद भएपछि बेहुलाका मातापिताले बेहुलालाई फरार गराएका हुन् । तर बिहे गर्ने बेहुला र बेहुलीबिच एक बर्षको प्रेम रहेको र त्यसपछि बिहे गर्ने निर्णयमा पुगेको बताइन्छ ।

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमारको १ वर्षको प्रेमपछि विवाह हुँदै थियो । रघुकुमार र बीआर संगीताको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए । तर, बेहुलाका मातापितालाई संगीताले लगाएको सारी मन परेन ।

रघुकुमारका अभिभावकले संगीतालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए । यही विषयमा विवाद उत्पन्न भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार विवादपछि दुलाहाका अभिभावकले तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ । ‘हामीले रघुकुमारविरुद्ध जा ल सा जीको मु द्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन्’ हसननगरका एसपी श्रीनिवास गोदले भने । प्रतीकात्मक तस्वीर

Post a Comment

Previous Post Next Post