लामखुट्टेले टोक्दा किन चिलाउछ ? यस्तो छ कारण

लामखुट्टेको चर्चा बढी चलेको छ । लामखुट्टेले विभिन्न रोग फैलाउने त छँदैछ यसबाहेक यस्को टोकाईपछि हुने चिलाई झनै दिक्कलाग्दो पक्ष हो । लामखुट्टेले टोक्दा शरिरको बाह्य छाला छेड्छ र परालको त्यान्द्रो जस्तो उसको मुख वा सुँडले रगत चुस्छ । यस पक्रियामा लामखुट्टेले आफ्नो थुक जस्तो पर्दाथ (स्लाभिया) टोकेको ठाँउमा फालिदिन्छ । लामखुट्टेको थुक वा र्यालमा एकप्रकारको औषधी हुन्छ जसले टोकेको वरपरको रगत जम्नबाट रोक्छ र झिंगालाई नियन्त्रणमा लिन्छ ।

‘तपाईको प्रतिरोधी प्रणालीले लामखुट्टेको थुकको प्रोटिनलाई नयाँ चीजको रुपमा पहिचान गर्छ र हिस्टामाइन नामक तत्व निस्काशन गर्छ,’ युनिर्भसिटी अफ् फलोरिडाका प्राध्यापक भेरो बिच भन्छन् । यही हिस्टामाइनको प्रतिकृयाले शरिरमा चिलाउने उनी बताउछन् । हिस्टामाइनले टोकेको ठाउको रगत नलीलाई ठूलो र टोकेको ठाँउमा सुनिएको देखाउछ ।

सबै मानिसले लामखुट्टेको टोकाईप्रति प्रतिकृया जनाउदैनन् । कतिपय वयस्यकले यसको खासै प्रतिकृया जनाउदैनन् । आफूलाई टोकिएकोबारेमा समेत उनीहरुले थाहा पाउदैनन् । ‘कतिपय बयस्क आफ्नो घरवरपरको लामखुट्टेप्रति बानी परेका हुन्छन् । तसर्थ लामखुट्टेले टोक्दा बालबालिकाले जस्तै प्रतिकृया जनाउदैनन्,’ उनी भन्छन् ।

जिका फैलाउने एइडेस लामखुट्टेले दिउसभर अन्य खानेकुरा खाने र बिहान सबेरै तथा साँझमा टोक्ने उनी बताउछन् । तर उनीहरको टोकाइबाट कुनै प्रतिकृया हुदैन् । जीका प्रभावित मुलुकहरुमा लामखुट्टेको टोकाइबाट बच्न गर्भवती महिलालाई लामो बाहुला भएका लुगा र पाइन्ट लगाउन प्रभावित देशका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् ।

‘एइडेस लामखुट्ेको टोकाईको चाल मानिसहरुले त्यति थाहा पाउदैनन् । किनकी यसले पछाडिबाट आएर मानिसको जोर्नी र आँखीभौमा टोक्ने गर्छ,’ अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका प्रवत्ता बेन्जामिन हेन्स बताउछन् । यो लामखुट्टे दिउसभर सक्रीय भए पनि प्रभावित क्षेत्रमा यसले राती पनि आक्रमण गर्छ । यसले विशेषगरी घरभित्र बस्ने मानिसलाई टोक्न रुचाउने उनी भन्छन् ।

बृद्ध हुदै गएपछि केही मानिस लामखुट्टेको टोकाईप्रति बढी सम्बेदनशिल हुने गरेको उनी बताउछन् । लामखाुट्टेको टोकाईले केही बृद्धबृद्धामा खतरनाक एलर्जी उत्पन्न हुने गरेका छन् । पोथी लामखुट्टेले मात्र टोक्ने गर्छ । उसले अन्डा पार्नका लागि टोको ठाँउमा निस्कने रगतबाट पोषक तत्व लिन्छ । -स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

Previous Post Next Post