काजल जोशीलाई भाईरल बनाउने को हुन यि पत्रकार, पहिलो अन्तरवार्ता, पहिलो दोहोरी (भिडियो हेर्नुस)

कैलालीको मोहन्याल गाउँपालिका कचालीकी काजल जोशी सानैदेखि गीत गाउन सिपालु थिइन् । गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुन्थ्यो । देउसी भैलो भ’ट्या’उँदा काजललाई नै सम्झिन्थे गाउँलेले पनि । उच्च शिक्षाका लागि टीकापुर झ’रेपछि गायन कार्यक्रममा उनको सहभागिता पनि ब’ढ्दै गयो । टीकापुरमा अध्ययन सं’गै रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उ’भ्याइन काजलले ।

टिकापुरमा रेडियोमा काम गर्दै गर्दा काजलको परिचय पत्रकार अंकित उप्रेती संग भयो, अंकित युवट्युब च्यानल हेल्लो टिकापुर टिभीका प्रबन्ध निर्देशक समेत हुन । अंकितले लगेको पहिलो अन्तरवार्ता बाट नै काजल चर्चामा आएकी हुन । अंकितले लिएको अन्तरवार्ता पछि धेरै युव’ट्युबरहरु काजलको अन्तरवार्ता लिन कैलाली आएका थिए

खासै दोहोरी गाउन सिपालु थिईनन काजल त्यो बेला, काजललाई पहिलो पटक दोहोरी गित मार्फत परिचय गराउने समेत उनै अंकित हुन । हेल्लो टिकापुर टिभि मा’र्फत प्रशारण भएका त्यी दोहोरीहरुले गर्दा पनि काजललाई ईण्द्रेणी सम्म पु’ग्न सहज भयो । त्यो बेलामा पनि काजलको उत्त दोहोरीहरुमा लाखौ भिउज आएका थिए ।

काजलको दोहोरी गीतमा बढि नै चाँसो थियो । दोहोरी खेल्न पनि उत्तिकै रुचाउथिन उनी । ईण्द्रेणीको कुनै पनि कलाकार काजलले चिन्थिनन्, बिस्तारै काठ्माण्डौ गएपछि ईण्द्रेणीको कलाकारहरु संग चिनजान भएपछि उनलाई सजिलो भयो,पहिलो दोहोरी ईण्द्रेणी समाजमा गाउदा प्रबि’धिक सम’स्या आएको थियो ,त्यो दोहोरी खासै चलेन ।

त्यस पश्च्यात उनि काठ्माण्डौमै बसिन, एउटा अर्को दोहोरी कार्यक्रम नै सुरु गर्ने आफैले सम्मको सोचिसकेकी थिईन काजलले, तर त्यो पनि सफल भएन । फेरी कैलाली फर्किन काजल, कैलालीका स्थानिय स्तरमा थु’प्रै दोहोरीमा देखिन थालिन काजल,त्यसै बिच फेसबुक मार्फत छत्र र काजलको कुरो हुन थाल्यो, छत्रकै सिफारिसमा काजलले फेरी एउटा मौका पाएकी हुन ।

ईण्द्रेणी डटकममा भएको काजल र छत्रको उत्त दोहोरीले अन्तत ईतिहार रच्यो । ६ महिना अघि उनी सोही परिचयको भरमा इन्द्रणीमा दोहोरी गाउन गइन् । इन्द्रेणीमा काजलले गाएको पहिलो दोहोरी नै भाइरल भयो ।

छत्र शाहीसंगै गाएको दोस्रो दोहोरी त युवट्युवको ट्रेन्डिङ १ मा पुग्यो। काजल भन्छिन्, इन्दे्रणीको सुरवाती यात्रा नै उत्साहजनक भएपछि अहिले फर्केर हेर्न परेको छैन् । उनले इन्द्रेणीले दिदै आएको स्थानले धेरै कलाकारलाई स्थापित बना’एको बता’इन् । 

कैलालीको बिकट पहाडी क्षेत्रमा मेरो घर छ । मलाई गायनमा रुची भएपनि गायन यात्रा तय गर्न निकै मु’स्किल हु’न्थ्यो । तर इन्द्रेणीले स्थान दिएपछि छोटो समयमै मलाई र मेरो गायनलाई रुचाउने धेरै व्यक्ति कमाएकी छु ।

Post a Comment

Previous Post Next Post