झापाको बिर्तामोडमा बिगत चार महिनादेखि एकजना युवक हराएका थिए ।उहाको नाम धर्म प्रसाद उप्रेती हो ।हराएका आफ्ना श्रिमानको खोजिका निम्ति श्रीमती धेरै लागिपरिरहेकि छिन् ,उनले हार गुहार नगरेको ठाउँ र सामाजिक माध्यम नै छैन् तर अहिलेसम्म पनि भेटिएनन् ।
फागुन १५ गते शनिवार बिहान ८ बजेबाट हराएका उनी कपाल का ट्न भन्दै सैलुनतिर हिडेका थिए तर १० बजेसम्म पनि सैलुनबाट नफर्किएपछि उनिलाई आत्तिदै चौतर्फी खोज्न थालियो तर उनी काहीँ कतै पनि सम्पर्कमा आएनन् ।
दुई स-साना बालबच्चा एकजना ५ बर्षिय र अर्को ७ बर्षिय छोराछोरी र श्रीमती सबैको यतिबेला बिचल्लि नै भएको छ ।अरु बाहिर कहिलेपनि नबस्ने र जस्तोसुकै भएपनि घरै आउने श्रिमान त्यो दिन भने उनी एकैछिनमा आउछु भनेर हिडे तर उनी अहिलेसम्म फर्केर पनि आएनन् ।
हेर्नुस् भिडियो सामाग्री