बनेपा । २८ बर्षिय पुर्ण सिह लामाको जिन्दगी धेरै नै परिवर्तन आयो ।केही बर्ष अघाडि मलेशिया काम गर्न गएका थिए ।कामकै दौरान दु`र्घटनामा परि उनको मेरुदण्ड नै भाचियो ।अहिले नत अात खुट्टा चल्छ नत खान सक्छन् नत बस्न नै ।
कसैले ल्याइदिएको खाना समेत खान नसक्ने अवस्था उनको भैसकेको छ ।उनी सगसगै रुदै बसेकि सुनमाया लामा उनकि श्रीमती हुन् ।उमेरको हिसावमा श्रिमान भन्दा श्रीमती चार बर्ष जेठि हुन् तरपनि आफ्नो श्रिमानलाइ उनी अत्याधिक माया गर्छिन् र अहिलेसम्म श्रिमानको स्याहार गरेरै बसिरहेकि छिन् ।
पुर्णको जिन्दगीमा यति ठूलो बज्रपात पर्यो कि यस्तो धिकार जिन्दगी जिउनु भन्दा बरु आफू म`र्न चाहाना भएको भन्दै उनी भावुक समेत भए ।नौ बर्षिय छोरिलाई पढाउने हुर्काउने बेला यसरी आफुनै ओछ्यानमा लम्पसार परेर बस्न बिबस भइरहदा हदसम्मको दुख लाग्दो हो ।