साना केटाकेटीको दाँत उम्रिने बेलामा यस्ता कुरा ख्याल गर्नु पर्छ है जानी राखौ

जब बच्चाको दाँत उम्रन थाल्छ, उनीहरु बेचैन हुन्छन् । सामान्यत बच्चा जन्मिएको ६ महिनापछि दाँत उम्रन सुरु हुन्छ । तर, सबैमा यो एकनास हुँदैन । कति बच्चाको एक बर्षपछि पनि दाँत उम्रन थाल्छ । बच्चाको दाँत उम्रने समयमा उनीहरु गिजामा दबाव दिन थाल्छन् । उनीहरुलाई केहि चपाइरहन रुची लाग्छ ।

लक्षण 

  • दाँत उम्रने समयमा गिजा सुन्निने वा रातो हुन्छ । 
  • र्‍याल बढी चुहाउने हुन्छ । 
  • तिर्खा बढी लाग्छ ।
  • मुखमा दाग, घाउ देखापर्न सक्छ । 
  • पखला लाग्न सक्छ । 
  • ज्वरो आउन सक्छ ।

के गर्ने ?

बच्चाको गिजा चिरिएर दाँत उम्रन थाल्छ । यस क्रममा गिजा चिलाउने, दुख्ने हुन्छ । यसबेला केहि विधी अपनाउन सकिन्छ । 

१. बच्चाको दाँत उम्रने बेला केरा, उसिनेको स्याउ, सुन्तलाको जुृस, दाल, खिचडी, सुजीको खिर जस्ता खानेकुरा उपयोगी हुन्छ । 

२. दाँत उम्रने बेला यस्तो चिज दिनुपर्छ, जसमा क्याल्सियम, प्रोटिन, आइरन, भिटामिन र मिनरल्स पर्याप्त होस् ।

३. बच्चालाई मल्टी मिटामिन ड्रप्स, जस्तो कि भिटामिन डि-३ दिनुपर्छ । यदि १० महिनासम्म पनि बच्चाको दाँत उम्रन थालेन भने क्याल्सियम सिरप दिनुपर्छ । 

४. बच्चालाई घाममा निकाल्नु पनि राम्रो हुन्छ । यसले उनीहरुको दाँत तथा हड्डी बलियो हुन्छ । किनभने घामबाट प्राकृतिक भिटामिन डि प्राप्त हुन्छ ।

५. बच्चाको हातमा गाजर, बिस्कुट जस्ता खानेकुरा दिनुहोस्, जसले गिजा चिलाएको राहत हुन्छ ।

स्तनपान गराइरहने 

दाँत निस्कने समयमा बच्चाले वान्ता गर्ने, पखला गर्ने हुन्छ । यसले उसको शरीरमा पानीको मात्रा अपुग हुनसक्छ । त्यसैले झोलयुक्त पदार्थ ख्वाइरहनु पर्छ । बच्चालाई स्तनपान गराइरहनु पर्छ । 

गिजाको मसाज

स्तनपान गराइसकेपछि सफा औंला, मुलायम एवं ओसिलो कपडाले बच्चाको गिजाको मसाज गरिदिनुपर्छ । दिनमा एक पटक मात्र यस्तो काम गरौ । यसले बच्चाको मुखबाट दुर्गन्ध त आउँदैन नै, दुखाईमा पनि राहत पुग्छ ।

शितल भोजन

  • शितल भोजनले पनि दाँत उम्रने बेला हुने दुखाईमा राहत मिल्छ । बच्चालाई सीतल खानेकुरा चपाउन दिनुपर्छ । मखमलको खेलौना
  • दाँत उम्रने बेला बच्चाले गिजामा खेलाउनका लागि मखमलको खेलौना पाइन्छ । यो खेलौना सुपर सफ्ट हुन्छ । यसले पनि दाँत उम्रने बेला हुने पीडा कम गर्छ ।

बच्चाको दाँतको ख्याल कसरी गर्ने ?

  • बच्चाको दाँत उम्रन थालेपछि त्यसको सहि हेरचाह गर्नुपर्छ । 
  • बच्चाको दाँतलाई एकदमै नरम बेबी ब्रसले दिनमा दुई पटक ब्रस गरिदिनुपर्छ । 
  • पेस्ट पनि प्रयोग गर्नुपर्छ । पेस्टमा फ्लोराइड हुनैपर्छ । ताकि बच्चाको दाँतमा क्याबिटी नहोस् । 
  • बच्चाको दाँतको नियमित हेरचाहको लागि चिकित्सककहाँ पुर्‍याउनुपर्छ । 
  • बच्चालाई निश्चित समयमा खाना ख्वाउनुपर्छ । 
  • बच्चाको आहारमा फाइबरको मात्रा भरपुर हुनुपर्छ ।

Post a Comment

Previous Post Next Post