काखीमा धेरै कालो छ ? हुनसक्छ यस्तो संकेत !

काठमाडौँ । के तपाईको काखीमा कालो दाग छ ? काखीको कालो रङ पहिलेभन्दा बढ्दै गइरहेको छ की ! यसो हो भने यो तपाईको शरीरका लागि राम्रो संकेत होईन । चिकित्सकले सामान्य स्वास्थ्य टिप्स अर्थात् घरैमा ख्याल गर्न सकिने भन्दै भनेका छन्, ‘काखीको छाला सामान्यतः केही कालो हुन्छ । तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ । ख्याल गर्नुपर्छ । यति मात्रै होईन अरु संकेतहरु पनि छन् जसले तपाईको स्वास्थ्य अवस्था ठिक छैन भन्ने जनाउँछ ।’

सेतो वा पहेँलो दाग :

छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ । यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

आँखी भौं पातलो हुनु :

आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन । तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने, यसले थाइराइडको संकेत गर्छ ।

नङमा कालो दाग :

नङमा कालो दाग देखा प-यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

सुन्निनु :

खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनुपर्छ । किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो– हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ ।

दाह्री पातलिनु :

अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओठ फुट्नु :

ओठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ ।

रुखो छाला :

सबैको छाला एकनास हुँदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय । तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

एलर्जी :

छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ । तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।

डन्डिफोर :

अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ । साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सककहाँ देखाउनुपर्छ

Post a Comment

Previous Post Next Post