नर्मलरुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको योनी भजाइनाबाट तरल पदार्थ निस्कने गर्दछ, यस्तो किसिमको तरलपदार्थमा बच्चाको रोगसगँ लड्ने क्षमता हुन्छ , जुन बच्चा अपरेशनबाट निकालिएका हुन्छन् ती बच्चामा यस्तो शक्ति हुदैन् ।
यो कुरा गरिरहँदा धेरैले सोच्ने गर्दछन् कि बच्चाको रोगसगँ लड्ने क्षमता बढाउनको लागी यस्तो तरल पदार्थ बच्चालाई लगाइ दिनुपर्ने हो ?
पछिल्लो समयमा भजाइनल सिडिङ्गको चलन निकै बढेको देखिएको छ यस्तो उपाय स्थायी उपाय होइन । भजाइनल पिसडिङ्ग बच्चाको सबै आवश्यकता पूरा गराउनु रहेको हुन्छ । यस्तो आवश्यकता जन्मजात प्राप्त गरेका हुदैनन् । जन्मने समयमा आमाको योनीबाट निस्कने तरल पदार्थ र ब्याक्टेरियाको सम्पर्कमा आउनु एकदमै जरुरी हुन्छ।
ब्रिटेनको बर्मिग युनिभर्सिटीमा यस विषयमा एक रिर्सच गरिएको थियो । यसबाट के पत्ता लागको थियो भने नर्मल डेलिभरी भएको बच्चा र अप्रेशन गरिएको बच्चामा फरकपना । नर्मल डेलिभरीका बेला भजाइनबाट जन्मेका बच्चामा कम्तिमा एक वर्षसम्म रोगसगँ लड्ने क्षमता हुन्छ भने अप्रेशनबाट जन्मेका बच्चामा बच्चामा रोगसगँ लड्ने क्षमता कमी भएको पाइयो ।
समान्य रुपमा जन्मेका नवजात शिशुहरुको आमाको योनी र आन्द्रामा पाइने ब्याक्टेरियासगँ भेट हुन्छ, भने सिजेरिउन डेलिभरीबाट जन्मेका बच्चाको ब्याक्टेरियासगँ छालामा पाइने ब्याक्टेरियासगँ हुने गर्दछ । बर्मिघम युनिभर्सिटीका प्रोफेसरपिटर ब्रोकेलहर्स्टले बताएका छन् कि अप्ररेशनबाट जन्मेका बच्चामा स्वासप्रश्वाससगँ सम्बन्धी समस्या एकदमै चाडो आउँछ र एलर्जीसगँ लड्ने क्षमता पनि हुन्छ ।