श्रीमतीलाई आफू काम गर्ने साहूसँग आँखै अगाडि रं’गेहात भेटेर दिए एक च’ड्कन (भिडियो हेर्नुहोस्)


खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं.६,मंगलटार निबासी २८ वर्षीय नवराज बस्नेत जो हाल काठमाडौँमा बस्दै आएका थिए। उनकी श्रीमती २३ वर्षीय मञ्जु कट्वाल उनीसँगै काठमाडौँमै बस्दै आएकी थिइन्।नवराज अलिक निम्न दृष्टियुक्त छन् र उनी मासु पसलमा मासु काट्दै आइरहेका थिए। 

मासु पसलका साहुजी भनिने चालीस बर्ष नाघेका उत्तम तामाङ र आफ्नो श्रीमती बीचको सम्बन्ध उनले यसअघि पनि केही गाइँगुइँ हल्ला चाहिँ सुनेका थिए तर पनि उनी आँखाले नदेखेको कुरामा विश्वास गर्नुहुँदैन भन्दै बसिरहेका थिए।

एकदिन अचानक उनले आफ्नै कोठामा श्रीमती र साहु उत्तम तामाङलाई रंगेहात भेटाउन सफल भए।त्यस ढोकाको चुकुल समेत राम्रोसँग लाग्दैन थियो।उनले आफ्नो श्रीमती र साहुलाई त्यस्तो अवस्थामा भेटेपछि श्रीमतीलाई दुई झापड लगाए तर श्रीमती केही नबोलीकन बसिरहिन्।

त्यसपछि साहूलाई उनले त्यहीँ पछारे अनि साहु फुत्किएर बाहिर निस्कन सफल भाग्न सफल भयो।नजिकैका छिमेकी एकजना ठकुरी दाइले छोडिदिन आग्रह गरेपछि उनले केही नबोली छोडिदिए त्यतिबेला।

उनी त्यसपछि प्रहरीकहाँ गए र उजुरी दिए। त्यसदिन उनीहरू दुवैजना सँगै आएनन् घरमा। प्रहरीले उक्त नम्बरमा कल गर्दा उ प्रहरी कार्यलयमा आयो र दुवैजनालाई राखेर सोधपुछ गरियो। सोधपुछका क्रममा उनीहरूले आफूहरू बीच कुनै पनि सम्बन्ध नभएको जिकिर गरे र श्रीमतीले पनि आफू मोबाइल लिनको लागि कोठामा गएको दाबी गरिन्।

त्यसपछि उनीहरूलाई एकार्कामा बिहे गर्न नसक्ने भन्दै उनकी श्रीमतीले माफी मागिन् र एकपटकलाई उनले माफी समेत दिए।

उता तामाङको श्रीमती र छोराछोरी समेत छन् भने यता उनकी श्रीमती मञ्जु कट्वाल पनि यसअघि नै दुई बिबाह गरिसकेकी थिइन् र उनले एउटा छोरा छोडेर नबराज सँग बिहे गरेकी हुन्।उनलाई नबराजले माइतीमा छोडेर आएका थिए तर अहिले उनी माइतीमा नभएर अन्तै कतै भएको पनि जानकारीमा आएको छ। नवराजले उनका बुबाआमालाई माइतमा फोन गर्दा उनी माइतीमा नभएको बताएका छन्।

अहिले उनी श्रीमतीसँग डिभोर्स गर्न चाहन्छन् तर श्रीमती चाहनन्। प्रहरीले पनि एकतर्फी डि’भोर्स गर्न पाइन्न भनेको पनि उनी बताउँछन्। उनलाई उत्तम तामाङ भन्ने साहुले आफूलाई मारिदिने ध’म्की समेत दिएको बताएका छन्।

Post a Comment

Previous Post Next Post