४६ बर्षका यी पुरुषसँगै किन पक्राउ परे यी दुई भर्खरका युवती ? कारण थाहा पाएर पर्नुहुन्छ अचम्ममा

मान्छेलाई पैसाको लोभले के के सम्म गराउँदो रहेछ भन्ने उदाहरण मोरङमा देखिएको छ । छिट्टै धेरै पैसा कमाउँने र धनी बन्ने सपना बोक्दा कानून बिपरितका काम गर्न समेत मानिसहरु पछि पर्दा रहेनछन् भन्ने उदाहण त्यहाँ पक्राउ परेका तीन जनाले प्रमाणीत गरेका हुन् ।

प्रहरीले बेलवारी नगरपालिका १ गाईघाट टोल स्थितबाट ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

प्रहरीलाई ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचना पुगेको थियो । सोही सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई ब्राउन सुगर सहितको अबस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खोजि गर्दा धानको भकारी भित्र लु का ई राखेको ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

Previous Post Next Post