बिजय शाहीका सहयोगिको ब’दमासी, अस्पताल लैजादै गर्दा बिजयको मृ’त्यु भन्दै यसरि उ’ल्लु बनाए


काठमाडौं ।आफुलाई मेमोरी किङ्ग दावी गरेर चर्चामा आएका विजय शाहीको मृ’त्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

सामाजिक सञ्जालमा उनको मृ’त्यु भएको भन्दै विभिन्न व्यक्तिहरुले फोटो र स्टाटसहरु शेयर गरिरहेका छन् ।कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृ’त्यूको हल्ला झु’टो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं। ५ स्थित घरमा आइसकेका छन् ।‘

मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झु’टो रहेछ ।’ उनले भने, ‘उनी अहिले घर आइपुगेका छन् । विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए ।अस्पताल लैजाँदा लैजाँदै विजयको नि’धन भएको उनले उल्लेख गरेका थिए ।

त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्र’द्धान्जली दिन भ्याए । शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दा’बी गर्ने गरेका थिए । तर उनी झु’ठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए ।

उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उ’जुरी परिसकेको छैन ।उनी केही दिन देखि सामाजिक सञ्जालमा पनि एक्टिभ थिएनन् । केही व्यक्तिहरुले उनको फेक पोष्ट सिर्जना गरेर समेत शेयर गरेका थिए । पछिल्लो समय उनी सामाजिक सञ्जालमा निकै चर्चाका पात्र बनेका छन् ।

Post a Comment

Previous Post Next Post