घरको यो दिशामा भुलेर पनि नबनाउनुहो’स् किचन, परिवारमा देखापर्दछ सं’कट

वास्तुशास्त्र अनुसार घरमा भान्साघर यानी किचनको महत्व भुमिका हुन्छ । किचनको लागी दक्षिण पुर्व दिशा सर्वश्रेष्ठ मानिन्छ । यस दिशामा अग्नि अर्थात् उर्जाको वास हुन्छ । यस दिशाको ग्रह शुक्र हुने गर्दछन् । खासगरी महिलाहरुले किचनमा धेरै समय बिताउने गर्दछन् जसले गर्दा उनीहरुलाई नकरात्मक प्रभाव पार्दछ ।

वास्तुका अनुसार भान्सा घर दक्षिण-पश्चिम दिशामा बनाउनु हुँदैन। यस दिशामा भान्साकोठा हुन भनेको घरमा वास्तु दोषलाई आँफैले निम्तो दिनु हो । यसले घरमा अनावश्यक खर्च बढाउने गर्दछ ।

वास्तुशास्त्रअनुसार घरको सदस्यमा रोग,दुर्घटना,सन्तान हुनुप्रति चिन्ता जस्तो समस्या यस दिशामा किचनको बनाउनुको कारणले हुने गर्दछ । आउनुहोस् किचनसँग सम्बन्धित वास्तुशास्त्रका बारेमा जानौँ:

किचनमा ग्यास चुलो राख्नको लागी यसलाई पूर्व तथा उत्तरको दिशामा राख्ने गर्नुहोस् । जसमा खाना बनाउँनेको मुख उत्तर र पुर्वको दिशामा पर्ने होस् ।

भाँडा माझ्नको लागि, भाँडा माझ्ने ठाउँ घरको उत्तर-पूर्व दिशामा बनाउनु सबैभन्दा उत्तम मानिन्छ।भान्साकोठामा राखिने इन्डक्सन,माइक्रोवेव आदि सँधै भान्साको दक्षिण पूर्व कुनामा राख्नुपर्दछ ।भान्साकोठामा विन्डो वा बल्ब जस्तो प्रकाश प्रणाली पूर्व र उत्तर दिशामा स्थापना भएको हुनुपर्दछ ।

भान्छामा फ्रिज सधैं उत्तर पश्चिम दिशामा राख्नुपर्दछ ।भान्साकोठामा प्रयोग हुने खाद्यपदार्थ,आटा, चामल ,दाल आदि पश्चिम एवम् दक्षिण दिशामा राख्नुपर्दछ ।कहिल्यै पनि भान्सकोठमा पुजा गर्ने ठाउँ बनाउनुहुँदैन या त मन्दिर बनाउनु हुँदैन । यसले परिवारको कुनै पनि सदस्यमा रक्त सम्बन्धि बिमारी लाग्नसक्छ ।

भान्साकोठा र बाथरूम कहिल्यै पनि सिधा लाइनमा हुनुहुन्न। नत्र यसले परिवारका सदस्यहरूको स्वास्थ्य बिग्रन सक्छ ।वास्तु दोषहरू हटाउनको लागी भान्साकोठाको, ढोकामा रातो रंगको क्रिस्टल राख्नुपर्दछ ।

Post a Comment

Previous Post Next Post