नाइटोमा नरिवलको तेल लगाउदा हुने फाइदाहरु

नाइटो नवजात शिशुको सालनाल हटाएपछि पेटमा बन्न जने निशान हो । प्राय: सम्पूर्ण स्तनधारी प्राणीहरूको नाइटो हुने गर्छ र विशेषत मानिसमा यो स्पष्ट हुने गर्छ । नाइटो यस्तो ठाउँ हो जहाँबाट बच्चाले अम्बलिकल कर्डद्वारा आफ्नो पोषण लिन्छन् । यस ठाउँबाट कैयौ नशाहरु एकअर्कासँग जोडिएका हुन्छन् ।

त्यसैले नाइटोमा तेल लगाउदा आन्तरिक अंगका लागि फाइदाजनक हुन्छ । शुरुमा कपासलाई नरिवलको तेलमा डुबाउने, त्यसपछि यसलाई आफ्नो नाइटोमा केही बेरका लागि राख्ने गरौं । १५ मिनेटसम्म त्यहाँ मसाज गर्नुपर्छ ।

१. पेटका मांसपेशी र मासिक धर्ममा आराम

नरिवलको तेलमा एन्टी अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ ।

२. आँखाका लागि लाभकारी

नरिवलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ ।

३. प्रजनन क्षमता बढ्छ

लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ ।

४. उर्जा बढाउँछ

नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ । यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ ।

Post a Comment

Previous Post Next Post