नियमित कुखुराको मासुको सेवन गर्दा निम्तिन्छन् यस्ता साइड इफेक्ट


मासु खाने मानिसहरूका लागि कुखुराको मासु सबैभन्दा लोकप्रिय मानिने गरिन्छ । कुखुराको मासु प्रशस्त मात्रामा प्रोटिनले भरिएको हुन्छ र यसको सेवनले शरीरमा विभिन्न पोषक तत्व प्रदान गर्छ ।

तर, दैनिक र धेरै मात्रामा कुखुराको मासुको सेवनले साइड इफेक्ट गर्न सक्छ । सही तरिकाले पकाएको कुखुराको मासुको सेवनले कोलेस्ट्रोल स्तर बढाउनमा योगदान पुर्‍याउँदैन । तर भुटेको तथा तेलमा तारेको कुखुराको मासुको नियमित सेवनले कोलेस्ट्रोलको स्तर बढ्न सक्छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित अध्ययनअनुसार कुखुराको वा सेतो मासुले पनि रातो मासु जस्तै खराब कोलेस्ट्रोलको स्तर बढाउन सक्छ । कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्नका लागि ग्रिल गरिएको, उमालेको, पोच गरिएको, बेक गरेर कुखुराको मासुको सेवन उचित हुन्छ ।

कुखुरा उच्च तापक्रम भएको खाना मानिन्छ । यसको सेवनले शरीरको समग्र तापमान वृद्धि गर्ने गर्छ । कुखुराको मासुको सेवनले शरीरको तापक्रम बढ्ने हुँदा केही मानिसहरूमा नाकबाट पानी बग्ने अनुभव हुनसक्छ । यस्तो समस्या विशेषगरी गर्मी महिनामा र दैनिक कुखुराको मासु सेवन गर्ने मानिसमा हुनसक्छ ।

नियमित रूपमा कुखुराको मासु सेवन गर्दा नाकबाट रगत बग्ने समस्या देखए केही दिनको अन्तरालमा मासु खानु उत्तम हुन्छ । नियमित रूपमा कुखुराको मासु खाने मानिसमा देखिने अर्को साइड इफेक्ट भनेको तौलमा वृद्धि हुनसक्छ । कुखुराको मासुका विभिन्न परिकार चिकन बिर्यानी, बटर चिकन, फ्राइड चिकनमा क्यालोरीको मात्रा उच्च हुन्छ ।

कहिले काहीँ खाँदा कुनै समस्या नभए पनि नियमित यस्ता परिकारको सेवनले तौल बढ्ने तथा कोलेस्ट्रोलको स्तर बढ्न सक्छ । कुखुराको मासुको सेवनले पिसाबको नलीको सङ्क्रमण अर्थात् युरिनरी ट्राक्ट इन्फेक्सन (युटिआई) पनि हुने सम्भावना रहन्छ ।

अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको पत्रिका एमबिओमा प्रकाशित एक अध्ययनअनुसार कुखुरामा इकोलीको एक प्रकारको स्ट्रेनले युटिआईलगायत धेरै प्रकारका सङ्क्रमणहरू निम्त्याउन सक्छ ।

अनुसन्धानका लागि लिइएको दुई हजार चार सय ५२ वटा मासुको नमुनाहरूमध्ये झन्डै ८० प्रतिशतमा इकोली भएको मासु खाने ७२ प्रतिशत बिरामीहरूको पिसाब र रगतको नमुनामा इकोली भएको पत्ता लागेको थियो ।

Post a Comment

Previous Post Next Post