पानी पिउँदा उभिएर पिउने गर्नुभएको छ ? सा’वधान ! स्वास्थ्यलाई गर्छ यस्तो हा’नी

पानी भनेको जुनसुकै प्राणीका लागि पनि अत्यावश्यक कुरा हो । पानीबिनाको संसारको कल्पना पनि गर्न सकिँदैन । हाम्रो शरीर पनि करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ ।

स्व’स्थ्य शरीरका लागि दैनिक ६ देखि १० गिलाससम्म पानीको आवश्यकता पर्छ । तर पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा असर पनि पुर्‍याउन सक्छ । त्यसैले पानी पिउने सही समय र तरिकाबारे थाहा पाइराख्‍नु जरुरी हुन्छ ।

हामीलाई तिर्खा लागेको बेला एकैपटक धेरै पानी पिउने बानी धेरैमा हुन्छ । तर यस्तो गर्नुहुँदैन किनभने यसो गर्दा हाम्रो पाचन प्रक्रियामा खराबी आउन सक्छ । त्यसैगरी खाना खाएलगत्तै वा खाना खानभन्दम केही समयअघि पानी पिउनु हुँदैन ।

यसले शरीरको पाचन रसलाई असर गर्छ र क’ब्जियत ,अपच जस्ता स’मस्याहरु निम्त्याउन सक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । पिउनै परे मनतातो पानी पिउनु पर्छ ।

घाममा हिँडेर वा बाहिर काम गरेर आउनेबित्तिकै तथा शौचालयबाट फर्केलगत्तै पानी पिउनु पनि स्वा’स्थ्यको लागि खराब मानिन्छ । विहान शौचालय जानुअघि पानी खानु भने स्वा’स्थ्यको लागि राम्रो मानिन्छ ।

साह्रै प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिएलगतै दौडिने वा खेल्ने पनि गर्नुहुँदैन । पानी पिउँदा उभिएर पिउनुहुँदैन यसले घुँडामा स’मस्या हुन सक्छ । त्यसैले पानी पिउँदा जहिलेपनि बसेर मात्रै पिउनुपर्छ । यस्तै पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन ।

खाली पेटमा प्यास लागेको खण्डमा केही कुरा खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्‍ने हुनाले बिरामीलाई तातो पानी खुवाउनु पर्छ ।

राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ । त्यसैले केहीबेरपछि मात्र पानी पिउनुपर्छ । पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन, शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

Post a Comment

Previous Post Next Post