महिनावारी किशोरी अवस्थामा सुरु हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ ।
महिनावारी हुने इन्टरभल (समयावधि) ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र अनियमित दुबै हुन्छ ।
इन्टरभल त्यति धेरै फरक परेन भने नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ ।
महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । कसै कसैको पहिलो पटक भएर २/४ वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ । त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ ।
महिनावारी घटबढ हुँदा औषधि खानुहुँदैन । औषधिले झन् समस्या ल्याउँछ, असर गर्छ । औषधि दिनेलाई सबै कुरा थाहा हुँदैन । औषधि (हर्मन) दिने हो कति मात्रा, कति समय खाने भन्ने थाहा नहुँदा वा तरिका नजानेर पनि महिनावारी घटबढ हुन्छ । विभिन्न महिलाहरुले श्रीमान विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन गर्न छोड्छन्, त्यसले समस्या ल्याउँछ ।
त्यो छोड्नु हुँदैन, कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर कतिले सुझावअनुसार गर्दैनन्, त्यसले पछि समस्या ल्याएर फेरि चिकित्सककहाँ जानुपर्ने बाध्यता हुन्छ ।
किशोरावस्थामा अनियमित हुने कारण
मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ । ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी नियमित हुँदैन । त्यसैले पहिलो पटक भएपछिको १/२ वर्ष अनियमित हुने वा महिनावारी नै नहुने पनि हुन्छ । यो मेच्युरिटी नपुगेर हो ।
वयष्क उमेरमा अनियमित हुने कारण
गर्भसँग सम्बन्धित समस्याहरु जस्तै– गर्भपतन, सुत्केरी हुने र शालबाट उत्पन्न हुने ट्युमरहरुका कारण हुन्छ । परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग तथा तिनिहरुको साइड इफेक्टले पनि अनियमित हुन्छ ।
प्रजनन् तथा यौन अंगको संक्रमण वा प्रजनन् अंगमा हुने ट्युमर पलाउने जस्ता अवस्थाहरु र कतिपयको अनियमित गराउने कारणमा राम्रोसँग ह'र्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले गर्दा पनि अनि'यमित हुन्छ ।
४० वर्ष उमेर नाघेका महिलामा
- गर्भसँग सम्बन्धित कारणले
- हर्मन असन्तुलन हुनाले
- क्या'न्सर वा ट्युमर पलाउने अवस्थाका कारण
जटिलताहरु
- रक्तअल्पता वा एनिमिया हुने
- व्यक्तिगत तथा सामाजिक अस्वस्थता
- यौन जीवनमा समस्या
- बाँझोपनको समस्या
- यौनाङ्ग क्यान्सरको समस्या
बच्ने उपाय
- अनियमितता भएपछि सम्बन्धित विशेषज्ञसँग नै परिक्षण गराउने
- समयमा नै र उचित रुपमा औषधि सेवन गर्ने
- क्या'न्सर स्क्रिनिङ टेस्ट गर्ने
खानेकुरा
रक्तअल्पतालाई कम गर्न नियमित रुपमा आइरन, फोलिक एसिडलगायतका भिटामिन तथा लवणहरु चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ । भिटामिन तथा पोषणयुक्त खानेकुरा खानुपर्छ ।
(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. बरालसँग यसिमा महतले गरेको कुराकानीमा आधारित)