घरबाट भागेर काठमाडौं आएका १४ बर्षे जनकलाई शिशिर भण्डारीले ‘मेरो अर्को छोरा’ भनेर चिनाएपछि, शिशिरको श्रीमतीले यस्तो भनिन्


अशक्त आमाबुवालाई पाल्न र ८ वर्षका भाइलाई पढाउन दाङबाट काठमाडौं आएर बसमा, फिल्म हलमा र मानिसहरुको भिडभाडमा सारंगी बजाउँदै पैसा उठाउँदै आएका १२ वर्षे जनक गन्धर्वको आमा बुवा बोल्न सक्दैनन् ।

दुखको कुरा सरकारले सबैको घर बनाइदियो तर गन्धर्व बस्तीमा जनककै मात्र घर बन्न बाँकी छ ।

यो थाहा पाएपछि कलाकार शिशिर भण्डारीले भाइहरुलाई स्कुल पढाउने, जनकको घर बनाउने अभियान थालेका थिए । ४ लाख सहयोग पनि उठ्यो तर त्यसले घर बन्न सम्भव भएन । शिशिरले यतिबेला सोही रकमले जनकलाई शिक्षा दिईरहेका छन् ।

मासिक ८ हजार जनकको होस्टेल खर्च छ । उनको परिवारलाई पनि समय समयमा शिशिरले नै खर्च पठाउँछन् साथै जनकको अन्य खर्च पुराउँदै गर्दा सँकलित रकमले नपुग्ने अवस्था छ तर केहि समयपछि शिशिर आप्नै खर्च अथवा सोही समयमा पनि कसैले सहयोग गरे सोही सहयोगमा जनकको परिवारको लागि सानो पक्की घर बनाउने सोचमै छन् ।

यसैबिच जनक गन्धर्व धेरैपछि शिशिर भण्डारी र उनको श्रीमतीको साथमा मिडियामा आएका छन् । जनकलाई शिशिर भण्डारी दम्पत्तिले हाम्रो अर्को छोरा भनेर चिनाए ।

Post a Comment

Previous Post Next Post