म बाँच्न चाहान्छु : तपाइहरुको सानो सहयोगले बाँच्न सक्छु [ सेयर गरिदिनुहोस् ]

काठमाडौं । उपचारका लागि सहयोगको लागि हार्दिक अपिल गरिएको छ ।पोखरा–२५, हेमजा कृष्ण परियार ( घुराने दमाईका नामले परिचित ) कि छोरी लिला परियार विगत तीन बर्ष अघिदेखि क्यान्सर रोग कारण पुनर्जीवन र मृत्युसँग निरन्तर लडिरहनु भएको छ ।

म्याग्दीमा विवाह भए पनि हेमजामा सिलाई बुनाई गरि आफ्नो एक छोरा र श्रीमानसँग जीवनयापन चलाइरहनु भएको थियो । हाल पुनस् उहाँलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन लगिएको छ ।तर परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएको कारण उपचारमा समस्या उत्पन्न भइरहेको छ ।पैसाको अभावमा उपचार हुन नसकी अस्पतालको शैय्यामा मृत्युसँग लडिरहनु भएकी उहाँ अब सहयोगको आशामा हुनुहुन्छ ।

मकवानपुर, १८ असार- गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक पनि बिहीबारदेखि नै अवरुद्ध छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उहाँले बताउनुभयो । कान्ति लोकपथअन्तर्गत पर्ने भीफेदी–८ गँगटेमा पनि पहिरो जाँदा बिहीबारदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Post a Comment

Previous Post Next Post