मेडिकल विज्ञानकै पहिलो केसः २ वटा योनी २ वटा पाठेघर, महिनावारी र गर्भवती कसरी हुन्छिन् हेर्नुहोस्

काठमाडौं। एक युवती दुईवटा गर्भाशय र २ वटा योनीको साथमा जन्मिएको पाइएको छ । यसलाई मेडिकल विज्ञानको क्षेत्रमा सम्भवतः पहिलो केस मानिएको छ ।

दुर्लभ शारीरिक बनोटका कारण यी युवती गर्भवती भएका बेला पनि उनको महिनावारी हुन सक्छ । पेन्सलभेनियाको फिलाडेल्फिया सहरकी २० वर्षकी पेज डिएन्जेलो नामकीयी युवतीमा गर्भाशयको दुर्लभ समस्या भएको पाइएको हो ।

डेलीमेलका अनुसार पेजको शरीरमा पूर्ण रुपमा काम गर्न सक्ने दुई प्रजनन प्रणाली छन् । यही कारण उनको एक महिनामा २ पटकसम्म महिनावारी हुन्छ । यसको अर्थ उनी आफ्नो एक गर्भाशयबाट गर्भवती हुन सक्छिन् तर त्यही समयमा उनको अर्को गर्भाशयबाट महिनावारी पनि हुन सक्छ ।

यस्तो अवस्थामा उनले आफू गर्भवती भएको थाहा नपाउन पनि सक्छिन् । यतिमात्र होइन उनी आफ्ना २ गर्भाशयबाट छुट्टाछुट्टै गर्भवती पनि हुन सक्छिन् ।

पेजको एक महिनामा २ पटक महिनावारी चक्र पूरा हुन्छ र यो महिनावारी फरक फरक समयमा हुन्छ । पेजले यो अनौठो शारीरिक अवस्थाको जानकारी आफू १८ वर्षकी भएपछि मात्रै पाएकी थिइन् ।

त्यतिबेला उनी महिनामै २ पटक महिनावारी हुने समस्याका कारण स्त्रीरोग विशेषज्ञकहाँ गएकी थिइन् । पेजलाई कहिलेकाहीँ हरेक २ हप्तामा महिनावारी हुन्थ्यो । उनको जाँचपछि डाक्टरले पेजकी आमालाई बोलाएर आमाको साथमा यो स्वासथ्य समस्याबारे बताएका थिए ।

Post a Comment

Previous Post Next Post