कान किन कराउँछ ? यसको उपचारबारे जान्नुहोस्

वृद्धावस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आउनाले पनि कान कराउन सक्छ । भित्री कानको रोगका कारण तथा मध्य कानको हड्डीमा क्षयजनित रोगले पनि यसो

हुनसक्छ । कान कराउने समस्या छ भने मनमस्तिष्कलाई दबाबबाट मुक्त राख्नुपर्छ अन्यथा स्थिति जटिल हुनसक्छ ।

जोखिम

कलकारखानामा काम गर्ने श्रमिक, संगीतकार तथा होहल्ला हुने वातावरणमा काम गर्ने मानिसहरू विशेष गरी जोखिममा हुन्छन् । अत्यधिक धूमपान गर्ने व्याक्तिमा पनि ‘टाइनिटस' समस्या विकसित हुने खतरा बढिरहन्छ ।

रोगको निदान

इएनटी (नाक, कान, घाँटी) रोग विषेशज्ञद्वारा यस रोगको परीक्षणका लागि एक किसिमको जाँच गराइन्छ जसलाई अडियोमेर्टरी भनिन्छ । यो बहिरोपन नाप्ने तरिका हो । रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनेर सल्लाह दिन्छ ।

भावी फल

यस रोगको कुनै औषधि हुँदैन । यसको उपचार भनेको कानमा (हेयरिङ-एड) लगाउने हो । यसबाट आवाज प्रस्त सुनिन्छ ।

उपचार

एलोप्याथिक चिकित्सामा यस रोगलाई निको पार्न गाह्रो छ । हेयरिङ-एड कानमा लगाउन सल्लाह दिइन्छ । यस यन्त्रले आवाज ठूलो पारेर कानभित्र पठाइदिन्छ र व्यक्तिले राम्ररी सुन्नसक्छ । यो कान सुन्ने यन्त्र विभिन्न आकारप्रकारमा उपलब्ध छन् ।

होमियोप्याथिक उपचार

होमियोप्याथिक उपचारबाट समस्या हटाउन सकिन्छ । होमियोप्याथिक औषधिको विशेषता भनेको यसमा अन्य नकारात्मक प्रभाव हुँदैन । 

होमियोप्याथिक औषधिले सोझै हाम्रो शरीरको मुख्य नियन्त्रक अर्थात् मस्तिष्क स्नायुहरूमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अंग या ग्रन्थीलाई दुरुस्त हुने प्रेरणा पठाउँछ ।

यो एक स्वउपचारको सही तरिका हो । यी औषधि नियमानुसार प्रयोग गर्ने हो भने कान बज्ने रोगबाट सदाका लागि सजिलैसित छुटकारा पाउन सकिन्छ ।

Post a Comment

Previous Post Next Post