फैलियो दुर्गेश-गरिमा काण्ड: मध्यरातमा रुदै गरिमाको लाईभ, कुरा सुसाईड सम्मको हेर्नुहोस् (भिडियो)

नेपाली मनोरञ्जन क्षेत्रमा अनेक विवाद र आलोचनाका कुराहरु प्रायः भैरहेको हुन्छ । सामाजिक संजालले सेलिब्रेटिहरुको यस्ता विवादहरु निम्त्याउने गर्छ । यस्तैमा सामाजिक संजालबाट सुरुभएको कुराले राष्ट्रिय टेलिभिजनमा स्थान पाएपछि यतिबेला टिकटकर तथा मोडल गरिमा शर्मा तनावमा परेकी छन् । केही दिनअघि टिकटकमा केही क्लिपहरु भाईरल नै भए, जहाँ गायक तथा मोडल दुर्गेश थापा र टिकटकर तथा मोडल गरिमा शर्मा ब्रेकअपका कुरामा झगडा गरिरहेका थिए ।

यतिमात्रै हैन, उनले रजतपटले आफुसंग माफी माग्नु पर्ने भन्दै ‘shameonrajatpat’ ह्यास्ट्यग नै चलाउन आग्रह गरिन ।

त्यो हेर्दा धेरैलाई सत्य नै लाग्यो । टिकटक प्रयोगकर्ताहरु २ धार भएर एकअर्काको सपोर्टमा कमेन्ट गर्न थाले । तर, त्यो सबै एक गेम भएको गरिमाले बताएकी छन् । उनलाई यत्ती भन्न राष्ट्रिय टेलिभिजममा रिपोर्ट नै किन पर्खिनु पर्यो ? प्रश्न यहाँ पनि खडा भएको छ ।

एपिवान टेलिभिजनको रजतपट कार्यक्रममा यो बारे ब्रेकअप आशयको रिपोर्ट बजेपछी मध्यरातमा शर्मा टिकटक लाईभमा रोनाधोना गर्दै आईन् ।

यत्रो दिनसम्म यो कुराले टिकटकमा दुईधार लागेर विवाद चलिरहदा चुप बस्ने गरिमाले रजतपटमा रिपोर्ट बजेपछी मात्रै कुरा प्रस्ट्याउन लाईभ आउनुले उनी पनि अब गसिब र फन्डाको खोजिमा छन भन्ने बुझ्न सकिन्छ । यता केहि सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि सुरुवाती गल्ती गरिमाकै भएको प्रतिक्रिया दिइरहेका छन् । गरिमा र दुर्गेशको अनावश्यक सम्बादले नै गरिमालाई गलत बनाएको बताईरहेका छन् ।

सेलिब्रेटिको दर्जा पाईसकेका हस्तिहरुले गेमको नाममा यस्ता हर्कत गर्नु जायज भने पक्कै हैन । गरिमाको अनुसार यो सबैबारे रजतपटका प्रस्तोता प्रकाश सुवेदीलाई फोन मार्फत जानकारी गराएका थिए । सम्बन्धित ब्यक्तिको आधिकारिक धारणा आईसकेपछी पनि यस्तो रिपोर्टले चोट त अवस्य नै पुग्छ भने रजतपटमा सो लाईभको भाईरल भएको अन्य क्लिपहरुलाई ध्यान नदिई रिपोर्ट बनाईनुले गरिमालाई अझै आगोमा घ्यु थपेको बुझ्न सकिन्छ ।

गरिमासंगै होस्टेमा हैसे गर्ने दुर्गेश थापाले भने अहिलेसम्म यो विवादमा मुख खोलेका छैनन् । भिडियोमा हेर्दा कथाको सुरुवात भने दुर्गेशले नै गरेको देखिन्छ । विवाद फराकिलो हुँदै गएपछि शर्माले फेसबुकमा समेत एक स्ट्याटस लेख्दै यो सबै भ्रामक भएको जनाएकी छन् । सो स्ट्याटस उनले सुवेदीलाई पनि ट्याग गरेकी छन् ।

हेर्नुस् उनको सो स्ट्याटस: सम्पुर्णमा नमस्कार, म गरिमा शर्मा । केहि समयदेखि नेपाली कलाकारीतामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोशिस गर्दा गर्दैपनि जबरजस्ती विवादमा तानिन्छ । यसै सन्दर्भमा हिजो अर्थात् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो बिषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भिर आपत्ती प्रकट गर्दछु । नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाइ अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।

केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी शुरु भएको थियो र के सिसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछी थप प्रष्ट हुनेछ ।

Post a Comment

Previous Post Next Post