तीन दिनदेखि वेपत्ता ३ वर्षीय विवेक मृ'तावस्थामा

कैलालीको टीकापुर नगरपालिका वडा नंं–१ ब्लक नं.–८ का तीन वर्षीय नाबालक विवेक बिष्ट हराएको तीन दिनपछि केहीवेर अघि मृतावस्थामा फेला परेका छन् ।

विवेकको शव केहीवेर अघिमात्र टीकापुर नगरपालिका वडा नं.–४ बाघमारा नजिकै घोयली सामुदायिक वनको सीमा क्षेत्रमा पर्ने जमरा नालामा बाँसको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो ।

विवेकका पिता दिलीप बिष्टले शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।
करिव ७ बजे प्रहरीले विवेकको शव पानीबाट निकालेको छ र उनको शवलाई परीक्षणका लागि टीकापुर अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

विवेक असार २१ गते सोमबार विहान दिदीसँग जामुन खान गएर घर फर्किने क्रममा बेपत्ता भएका थिए ।

विवेक वेपत्ता भएपछि घटनाका बारे बुझ्न र अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं डीआइजी पुरूषोत्तम कडेंल र कैलाली प्रहरी प्रमुख एवं एसपी विश्वराज अधिकारी रातारात तालिम प्राप्त दुई कुकुर ल्याएर टीकापुर आएका थिए ।

विवेकको शव जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय लगायत स्थानीयवासीद्वारा खोज्ने क्रममा आज फेला परेको हो ।

Post a Comment

Previous Post Next Post